घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर « Khabarhub

घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक दाँगपा गाविस तेह्रथुममा कार्यरत गाविस सचिव मणिप्रसाद राईले सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार गाविस सचिव रहनुभएका राईले आफैँले ल्याप्चे लगाई रु दुई लाख नौ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ । नक्कली भर्पाई र कागजात तयार पारी तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट भुक्तानी लिएको पाइएकाले बिगो असुल गरी कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले शहरी विकास तथा भवन डिभिजन विभाग डिभिजन कार्यालय काठमाडौँअन्तर्गतको बोलपत्रमा निर्माण व्यवसायीसँग कुनै सुरक्षणबापतको रकमसमेत नराखी ‘बिड वण्ड’ जारी गरेको अभियोगमा छ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चरिकोटका शाखा प्रबन्धक टीकाप्रसाद दुलालविरुद्ध रु छ लाख १० हजार बराबरको अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

यस्तै सोही बैंक शाखा कार्यालय, चरिकोटका तत्कालीन प्रबन्धक नवराज खत्री तथा कर्जा इञ्चार्ज प्रह्लाद खड्काले पनि निर्माण व्यवसायी सोवर्ण÷ब्रह्माणी जेभीले बैंकसँग ‘बिड वण्ड’ कारोवार गर्दा बैंकमा कुनै सुरक्षण नराखेको पाइएको छ । आयोगले उनीहरुविरुद्ध रु १४ लाख ८१ हजार बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय काठमाडौँका तत्कालीन डिभिजन प्रमुख इञ्जिनीयर बुद्धिसागर थापाले निर्माण व्यवसायीसँग मिलेमतो गरी ठेक्का सम्झौता भएको १० महीनाभन्दा बढी समयसम्म पनि निर्माण कार्य शुरु गर्न चाहिने बीमा नै नराखी नक्कली बण्ड राखी रु १२ लाख २७ हजार ४४० बराबरको भ्रष्टाचार गरेको आयोगको आरोप छ ।

आयोगले ब्रह्मायणी निर्माण सेवाका प्रबन्ध निर्देशक उमेशकुमार भण्डारी र सोवर्ण निर्माण सेवाका सञ्चालक अर्जुनबहादुर थापाले बैंकका कर्मचारीलाई प्रभावमा पारेर नक्कली काम गराएको अभियोगमा रु ३० लाख २२ हजार १०० बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार उनीहरु सबैलाई बिगो असुल गरी कारवाहीको माग गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ९ : १५ बजे

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा