इंग्लिस क्लव कार्डिफ सिटी प्रतिबन्धमा पर्न सक्ने | Khabarhub Khabarhub

इंग्लिस क्लव कार्डिफ सिटी प्रतिबन्धमा पर्न सक्ने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विमान दुर्घटनामा निधन भएका फरवार्ड इमिलियानो सालाको सरुवा हुँदाको रकम नतिरे इंग्लिस क्लब कार्डिफ सिटीले प्रतिबन्ध भोग्नु पर्ने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कार्डिफले फ्रेन्च क्लब नान्टेसलाई पहिलो किस्ताको रकम नबुझाए ३ विन्डो ट्रान्सफरको प्रतिबन्ध लगाउने जनाएको छ ।

कार्डिफले सालालाई १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । जस अनुसार कार्डिफले नान्टेसलाई पहिलो किस्ता स्वरूप ६ मिलियन पाउण्ड तिर्नु पर्ने छ ।

नान्टेसले कार्डिफलाई आफ्नो बैंक खाता उपलब्ध गराएको ४५ दिन भित्र उक्त रकम नतिरे कार्डिफलाई प्रतिबन्ध लाग्ने छ ।

अर्जेन्टिनाका स्ट्राइकर सालालाई नान्टेसबाट कार्डिफले महँगो मुल्यमा अनुबन्ध गरेको थियो । तर, फ्रान्सबाट कार्डिफतर्फ जाँदै गर्दा गत जनवरी २१ मा विमान दुर्घटना परेर सालाको निधन भएको थियो ।

साला चढेको विमान समुन्द्रमुनि दुर्घटना ग्रस्त अवस्थामा च्यानल आइसल्याण्डमा दुई सातापछि भेटिएको थियो ।

सालाको निधन भएपछि नान्टेसले उनले पाउने रकम पाउनु पर्ने दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : २७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका