असिनापानीले पाक्न लागेको अन्नबाली नष्ट | Khabarhub Khabarhub

असिनापानीले पाक्न लागेको अन्नबाली नष्ट


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–१ मा असिनापानीले पाक्न लागेको अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्‍याएको छ ।

स्थानीयवासी कृषक हर्कबहादुर कार्कीका अनुसार सोमबार अपराह्न ४ बजे आएको असिनापानीले पाक्न लागेको कोदो, फापर, धान, सुन्तला, केरा र तरकारी बालीमा क्षति पुर्‍याएको छ ।

उनले वडाको पिनालेख, पाटा, नुवाकोट र सल्लेनाका करीब एक हजार १०० कृषकको अन्नबाली तथा फलफूल र तरकारी बाली नष्ट गरेको बताए ।

नगरपालिकाका उपप्रमुख कविता विष्टले क्षतिको यथार्थ विवरण आएपछि नियमअनुसार राहत दिइने बताए । नगरपालिकाले बनाएको दैवी प्रकोप राहत कोषअनुसार कृषकको क्षतिको अवस्था हेरी राहतका लागि पहल गर्ने उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : ३० बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

भाद्र शुक्ल तृतीया : आज तीजको व्रत

काठमाडौं – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र

आज २०८२ साल भदौ १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले