बच्चालाई हरेक समय किटाणुबाट जोगाउनु अझ खतरा ! | Khabarhub Khabarhub

बच्चालाई हरेक समय किटाणुबाट जोगाउनु अझ खतरा !


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैजसो अभिभावक आफ्नो बच्चालाई विभिन्न रोगको संक्रमण हुने डरले किटाणुहरुबाट बचाउन हर प्रयास गरिरहेका हुन्छन् ।

बच्चाको स्वास्थ्यलाई असर गर्ने बुझाइका कारण उनीहरु आवश्यकताभन्दा बढी नै किटाणुमुक्त बनाउन चाहन्छन् । विज्ञका अनुसार बच्चाको रोगप्रतिरोधात्मक क्षमताका लागि यसो गरिनु गलत हो ।

युनिभर्सिटी अफ सिकागोका प्राध्यापक गिलबर्ट भन्छन्, ‘किटाणु बच्चाको स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने अभिभावकको बुझाई छ । तर यो साचो होइन ।’

धरैजसो किटाणुले बच्चाको रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउने उनी बताउँछन् ।

यो कुरा भर्खरै जन्मिएको शिशुका लागि भने त्यति प्रभावकारी नहुने उनको भनाइ छ । त्यसमा सावधानी अपनाउन आवश्यक छ । तर बिस्तारै शिशुको रोगप्रतिरोधात्मक प्रणालीको विकास हुँदै जाने भएकाले उनीहरुलाई बढी नै सुरक्षित राख्न खोजिनु हुँदैन ।

हरेक कुरामा सरसफाइ नखोज्नुहोस्

घरमा सामान्य रुपमा सरसफाइ त हुन्छ नै । तर हरेक कुरामा बच्चालाई स्यानिटाइजरले हात सफा गर्दिरहने तथा सामान्य फोहोर लाग्दा पनि नुहाइदिरहने कार्य राम्रो होइन ।

अधिकांश बिरामी बच्चालाई भ्याक्सिन दिने गरिन्छ । यसको अलावा उनीहरुलाई थोर–बहुत धुलो माटो तथा ब्याक्टेरियाको सामना गर्न पनि दिनु पर्ने विज्ञको भनाइ छ ।

घरपालुवा बच्चा साथी

अधिकांश मानिस घरमा गर्भवती हुने बित्तिकै बच्चालाई संक्रमण नहोस् भनेर घरपालुवा जनावर (कुकुर/बिरालो) छन् भने पाल्न छाड्छन् । भएकालाई पनि अरुलाई नै दिन्छन् । तर वास्तविकता ठीक यसको उल्टो छ ।

जुन बच्चा घरपालुवा जनावरको आसपास रहन्छ, उनमा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुन्छ । त्यस्तै एलर्जीको समस्या पनि रहँदैन ।

त्यसैले तपाईंले घरमा पालेको कुकुरले बच्चाको अनुहारमा चाट्यो भने पनि चिन्ता नलिनु होला । त्यसबाट बच्चालाई थप बलियो हुन सहयोग पुग्ने छ ।

यसै कारण तपाईंको बच्चाले माटो खाए, हात फोहोर बनाए तथा जमिनमा खसेको खाने कुरा टिपेर खाएमा कुनै चिन्ता नलिनुहोला । यसबाट उनीहरुमा रोगप्रतिरोधात्मक क्षमता थप बलियो हुनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : १९ बजे

विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा

झापा– मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान

रातो च्याउको परीक्षण उत्पादन

चितवन– व्यवसायिक किट विकास फार्म भण्डाराले रातो च्याउ (ग्यानोडर्मा)को उत्पादन

निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल

काठमाडौं– संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हमासलाई गाजामा ६०

किवी खेतीमा किसानको आकर्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा एक दशकअघि परीक्षणका रुपमा