रातिराति भैंसी र राँगाको हड्डी तथा छाला जलाउने ३ जना पक्राउ « Khabarhub

रातिराति भैंसी र राँगाको हड्डी तथा छाला जलाउने ३ जना पक्राउ


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा राँगा तथा भैँसीको हड्डी र छाला जलाएर प्रदुषण फैलाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोलीले नख्खु खोलाबाट भैँसी र राँगाको हड्डी तथा छाला जलाइराखेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल सुनाकोठी बस्ने २८ वर्षीय शाजिद मुस्लिम, १९ वर्षका फेसल मुस्लिम र ४८ वर्षीय राजेश शेर्पा छन् ।

सामान्य सोधपुछपछि उनीहरुलाई ललितपुर महानगरपालिकामा पठाइएको छ । स्थानीय तहको क्षेत्राधिकार पर्ने भएकाले महानगरलाई बुझाइएको प्रहरीको भनाइ छ ।

केही दिनयता ललितपुर र काठमाडौंका विभिन्न क्षेत्रबाट रातको समयमा अस्वभाविक रुपमा दुर्गन्ध आउन थालेपछि सर्वसाधारणले प्रहरीसमक्ष गुनासो गरेका थिए ।

सर्वसाधारणको गुनासो बढ्दै गएपछि प्रहरीले दुर्गन्धको कारण खोज्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ११ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा