काम गर्न विदेश जानेलाई ‘प्रवासी श्रमिक कार्ड’ अनिवार्य « Khabarhub

काम गर्न विदेश जानेलाई ‘प्रवासी श्रमिक कार्ड’ अनिवार्य


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ‘प्रवासी श्रमिक कार्ड’ लागू गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य प्रवासी श्रमिक कार्डको व्यवस्था गर्ने गरी गृहकार्य गरिरहेको छ ।

वैदेशिक रोजगारी सम्बन्धी सूचना व्यवस्थित प्रणालीबाट उपलब्ध गराउन यो कार्डको व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । कामदारकै सुरक्षा र फाइदाका लागि यो व्यवसथा गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले खबरहवलाई जानकारी दिए । उनले भने, ‘रोजगारीमा जाने नेपाली नागरिकलाई प्रवासी श्रमिक कार्डमार्फत भन्सार, राहदानी नवीकरण, श्रम स्वीकृति शुल्क र अन्य कारोबारमा सामेल गराउन सकिन्छ।’

गत महिना सचिव दाहालकै संयोजकत्वमा औपचारिक माध्यमबाट विप्रेषण (रेमिट्यान्स) भित्र्याउने र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने सम्बन्धमा अध्ययन गर्न कार्यदल नै गठन गरिएको थियो । यो कार्यदलले पनि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई प्रवासी श्रमिक कार्ड वितरण गरी सुरक्षित र व्यवस्थित बनाउन सुझाव दिएको थियो ।

वैदेशिक रोजगारीमा जाने कामदारले परिचयपत्रका रूपमा प्रवासी श्रमिक कार्ड प्रयोग गर्न सक्ने मन्त्रालयको बुझाई छ । उक्त कार्ड प्रयोग गर्दा कामदारको विवरण पनि थाहा पाउन सकिने मन्त्रालयले जनाएको छ ।

के हो प्रवासी श्रमिक कार्ड ?

यो वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदान गरिने एक प्रकारको परिचय पत्र नै हो । यो कार्ड कामको खोजीमा विदेशीका लागि पहिचान देखाउने कार्ड हो । प्रवासी श्रमिक कार्डमार्फत वैदेशिक रोजगारीमा जादाँ कामदारले तिर्ने शुल्कको प्रमाण राख्न सकिन्छ । यो कार्ड जारी गरेपछि वैदेशिक रोजगारीमा जाने कामदारलाई कार्ड मार्फत आवश्यक सूचना प्रवाह गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यो कार्डको प्रयोगले औपचारिक माध्यमबाट विप्रेषण (रेमिट्यान्स) पठाएको आधारमा विप्रेषणकर्ता तथा तिनको परिवारलाई विभिन्न छुट, सहुलियत तथा सुविधाको व्यवस्था गरेमा अनौपचारिक माध्यमबाट पठाइने विप्रेषणलाई निरुत्साहित बनाउँदै औपचारिक माध्यमबाट पठाउने क्रम पनि बढ्ने विश्वास गरिएको छ ।

यसका लागि औपचारिक माध्यमबाट पठाएको विप्रेषण रकमको आधारमा विप्रेषणकर्ताको खातामा रिवार्ड पोइन्ट जम्मा हुन्छ । उक्त पोइन्टलाई विभिन्न पुरस्कार वा प्रोत्साहन प्रदान गर्न प्रयोग गर्न सकिने कार्यदलले सरकारलाई दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रवासी श्रमिक कार्ड विदेशी कामदारका हकमा लागू हुने गरेको छ । नेपाली कामदार रोजगारीमा गएका कतिपय देशमा अनिवार्य श्रमिक कार्ड दिनुपर्छ । यसरी बाँडिने कार्डमा कामदारको सम्पुर्ण विवरण हुन्छ । जसका कारण रोजगारीमा कार्यरत कामदार समस्यामा पर्दा उद्धार गर्न र अन्य कामका लागि पनि सहयोग हुन्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ५ : ५७ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया