बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै « Khabarhub

बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शारीरिक सुगठन तथा फिटनेस् संघ (एनबीबीएफए) ले बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

राजधानीमा आज (बुधबार) संघले पत्रकार सम्मेलन गरी प्रतियागिता जुन २० देखि २३ सम्म आयोजना हुने जानकारी दिएको हो । दक्षिण एसियाका ८ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाले सहभागिता जनाउने छन् । आयोजक एनबीबीएफएले विभिन्न तौल समूहका गरी १३ विधामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।

नेपाल प्रतियोगिताका लागि न्युट्रल भेन्यू रहेकाले सम्पूर्ण दक्षिण एयिाली राष्ट्रहरुले सहभागिता जनाउने एनबीबीएफएका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए । “नेपाल सार्क मुलुकहरुको न्युट्रल भूमि भएकाले सबैसँग छलफल गरेर प्रतियोगितामा सहभागिता हुने जानकारी गराएका हौं,” श्रेष्ठले भने ।

मिति घोषणा कार्यक्रममा वल्र्ड वडीविल्डिङ एन्ड फिजिक्यु स्पोट फेडेरेसनका सदस्य सचिव तथा एसियन वडीडिविल्डिङ एन्ड फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चाउको समेत सहभागिता रहेको थियो ।

चाउले नेपालले गरिरहेको प्रतियोगिताको तयारीमा आफू सन्तुष्ट रहेको बताए । उनले आफू पहिलो पटक आएको र नेपाल निकै सुन्दर भन्दै प्रशंसा पनि गरेका थिए । प्रतियोगिताको अनुमानित लागत ४० लाख रहेको आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा झण्डै १ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ भने नेपालबाट बैशाख २० र २१ गते काठमाडौंमा आयोजना हुने सातौं मिस्टर हिमालयका विजेता छनोट हुनेछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ५३ बजे

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा