अंग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव « Khabarhub

अंग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- रेस्टुरा एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा यही १२ देखि १६ पुससम्म २१औं संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ नाराका साथ प्रत्येक अंग्रेजी नयाँ वर्षको अवसरमा गरिने महोत्सवलाई यस वर्ष पनि भव्यतासाथ सम्पन्न गर्ने गरी तयारी गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा रेवानका उपाध्यक्ष एवं महोत्सव व्यवस्थापन मूल समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महोत्सव बहुउपयोगी बन्दै गएको बताउँदै उनले अधिकतम संख्यामा स्वदेशी एवं विदेशी पर्यटक भित्र्याउन महोत्सव प्रभावकारी माध्यम बनेको बताए ।

रेवानका सल्लाहकार गणेशबहादुर भट्टराईले अंग्रेजी नयाँ वर्षमा गरिने पोखरा सडक महोत्सव यहाँको पहिचानजस्तै बनेको बताउँदै यसलाई सरकारी तवरबाटै राष्ट्रिय महोत्सवका रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेकामा यस महोत्सवले लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने बताए ।

महोत्सवका अवसरमा नेपालका विभिन्न कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ६ : २० बजे

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा

ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क

वासिङ्टन- अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा जुलाई २२ देखि २५

ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल,

काठमाडौं– तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना