खाडीचौर–चरिकोट सडकखण्ड निर्माण द्रुतगतिमा गर्ने सहमति « Khabarhub

खाडीचौर–चरिकोट सडकखण्ड निर्माण द्रुतगतिमा गर्ने सहमति


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा गर्ने सहमति भएको छ ।

सडक स्तरोन्नतिमा भएको ढिलाइ विरुद्ध आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सडक स्तरोन्नति द्रुतगतिमा गर्ने सहमति भएको हो ।

लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक बाराहीको अध्यक्षतामा नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका प्रतिनिधिसहितको बैठकले सडक स्तरोन्नतिलाई द्रुतगति दिने सहमति भएको नागरिक अगुवा रमेश खतिवडाले बताए।

बैठकमा सहमति भएअनुसार मुढे–चरिकोट ३० किलोमिटर सडकखण्ड स्तरोन्नतिको जिम्मा लिएको शकिल हैदर तथा शङ्कर माली निर्माण सेवाले तत्काल चरिकोट तथा मुडे दुवैतर्फबाट सडक स्तरोन्नतिको काम थालनी गर्ने भएको बताइएको छ ।

यस्तै पुस मसान्तभित्र सवबेश र ग्रावेलको काम गर्ने तथा फागुनको तेस्रो साताभित्र कालोपत्र शुरु गरी २०७७ जेठ २२ गतेसम्ममा कालोपत्र सम्पन्न गर्ने सहमति भएको अर्का नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए ।

यस्तै खाडीचौर–मुडे २५ किलोमिटर सडकखण्डको सडक स्तरोन्नतिको काम जिम्मा लिएको सिमाञ्चल/गौरीपार्वती/सुनौला खिम्ती जेभीले पनि १० दिनभित्र यातायात सहजरूपमा सञ्चालन हुनेगरी सडकका खाल्डाखुल्डी पुरी २०७७ जेठ २२ गतेसम्ममा कालोपत्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको बैठकमा संलग्न नगरिक अगुवा मास्केको भनाइ छ ।

खाडीचौर–चरिकोट सडक विस्तारमा भएको ढिलाइका कारण सडक वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भई सिन्धुपाल्चोक तथा दोलखाका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : २१ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता