कैदीबन्दीका कुरा गीतमा « Khabarhub

कैदीबन्दीका कुरा गीतमा


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माया, प्रेम र सामाजिक विषयवस्तु समेटिएका थुप्रै गीतसंगीत सार्वजनिक भएका छन् । तर यही समाजमा जेल जीवन बिताइरहेका कैदीबन्दीको दुःख पीडा र भोगाईका गीत सायदै बनेका होलान् । यसैले पनि गीतकार सूर्यबहादुर तामाङले हालै सार्वजनिक गरेको ‘जेलको गेटैमा’ बोलको लोकदोहोरी गीतले कैदीबन्दीका लागि विशेष महत्व राख्ने छ ।

विभिन्न परिबन्धमा परेर अहिले जेल जीवन बिताइरहेका तामाङले लेखेको ‘जेलको गेटैमा’ बोलको लोकदोहोरी गीत हालै सार्वजनिक भएको छ ।

लोक गायक रामजी खाँड र गायिका शान्ति श्री परियारले गाएको गीत ललितपुरस्थित नख्खु कारागारभित्रै विमोचन गरिएको छ । यो गीतलाई कारागारबाट बनेको नेपालको इतिहासमा पहिलो गीत भएको दावी गीतकार तामाङले गरेका छन् ।

जेल जीवन बिताएका थुप्रै व्यक्तिले जेल जीवनपछि विभिन्न कृति सार्वजनिक गरे पनि जेल सजाय भुक्तान गरिरहेकै अवस्थामा यस किसिमको गीत बनेको थिएन । बिशाल निरौलाले संगीत संयोजन गरेको गीत तयारका क्रममा कारागार प्रशासन, कारागार सुरक्षा विभाग र कारागार भित्रको आन्तरिक प्रशासनले गरेको सहयोगप्रति गीतकार तामाङले कृतज्ञता प्रकट गरेका छन् ।

नेपाल सरकारले कारागारलाई सजाय भुक्तान गर्ने थलोको रुपमा नभइ सुधार गृहको रुपमा अघि बढाइरहेको अवस्थामा जेल जीवन बिताइरहेका कैदीबन्दी सिर्जनात्मक कार्यमा लाग्नुलाई सकारात्मक रुपमा लिनु पर्ने कारागार अधिकारीहरुको भनाइ छ । यसबाट आफुलाई हौसला तथा प्रेरणा मिलेको गीतकार तामाङले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ११ : ३९ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको