बारा, पर्साको हावाहुरी : ‘टोर्नाडो’ भएको पुष्टि « Khabarhub

बारा, पर्साको हावाहुरी : ‘टोर्नाडो’ भएको पुष्टि


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बारा र पर्सा २८ जनाको ज्यान लिने गरी आएको हावाहुरी ‘टोर्नाडो’ भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले पुष्टि गरेको छ ।

नास्टका मौसमविद मदनलाल श्रेष्ठसहितको टोलीले गरेको अध्ययनबाट नेपालमा विध्वंश मच्चाउने गरी आएको हावाहुरीको नाम टोर्नाडो भएको पुष्टि भएको हो। यस्तो प्रकारको हावाहुरी नेपालमा पहिलो पटक आएको पनि अध्ययन टोलीले पत्ता लगाएको छ ।

के हो टोर्नाडो

यो एक प्रकारको हावाहुरी नै हो । टोर्नाडो आउँदा आकाशबाट बादलसहितको शक्तिशाली वायु सोली धर्तीमा आउँछ । सोली बनेर आउने वायु जुन ठाउँमा ठोक्किन्छ त्यहाँ ठूलो बिना निम्त्याउने गर्दछ ।

टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानीसहितको बादल, चट्याङ, असिना पनि आउने गर्दछ ।

सेन्टिनियल नामको भूउपग्रहबाट गरिएको अध्ययनले नेपालामा आएको हावाहुरी टोर्नाडो भएको पुष्टि गरेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  १ : ३७ बजे

गगन भन्छन् : २०१५ सालका बीपीलाई जस्तै बालेनलाई ऐतिहासिक अवसर मिलेको छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई अहिले

काठमाडौँ फिल्म फेस्टिभल गर्ने महानगरको योजना

काठमाडौं- काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रियको चलचित्र महोत्सव आयोजना गर्ने योजना बनाएको

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक