हावाहुरी प्रभावितलाई कर्णाली प्रदेशको एक करोड | Khabarhub Khabarhub

हावाहुरी प्रभावितलाई कर्णाली प्रदेशको एक करोड


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– बारा र पर्साका हावाहुरी प्रभावितका लागि राहतस्वरुप कर्णाली प्रदेश सरकारले रु एक करोड उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

प्रदेशसभाका पछिल्ला बैठकमा विपक्षी दल नेपाली काङ्गे्रसका सांसदहरुले प्रदेश नं २ मा ठूलो विपत्ति आउँदा कर्णाली सरकार मौन बसेको भन्दै सरकारको आलोचना गरेका थिए । यसअघि कांग्रेस संसदीय दलले हावाहुरी प्रभावित परिवारको सहयोगका लागि रु ४२ हजार मुख्यमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका अनुसार बैठकले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई शिक्षण अभ्याससहितको ३०० श्ययाको प्रेषण (रेफरल) अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । हाल ५० श्ययाको उक्त अस्पताललाई सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ९ : ३० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी