हावाहुरी प्रभावितलाई कर्णाली प्रदेशको एक करोड « Khabarhub

हावाहुरी प्रभावितलाई कर्णाली प्रदेशको एक करोड


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– बारा र पर्साका हावाहुरी प्रभावितका लागि राहतस्वरुप कर्णाली प्रदेश सरकारले रु एक करोड उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

प्रदेशसभाका पछिल्ला बैठकमा विपक्षी दल नेपाली काङ्गे्रसका सांसदहरुले प्रदेश नं २ मा ठूलो विपत्ति आउँदा कर्णाली सरकार मौन बसेको भन्दै सरकारको आलोचना गरेका थिए । यसअघि कांग्रेस संसदीय दलले हावाहुरी प्रभावित परिवारको सहयोगका लागि रु ४२ हजार मुख्यमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका अनुसार बैठकले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई शिक्षण अभ्याससहितको ३०० श्ययाको प्रेषण (रेफरल) अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । हाल ५० श्ययाको उक्त अस्पताललाई सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ९ : ३० बजे

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा

ग्यास अभाव झेलिरहेका पत्रकारलाई जब मन्त्रीको फोन आयो…

काठमाडौं – ग्यास अभावका कारण केही दिनदेखि हैरानी खेपिरहेका पत्रकार

लियोनल मेसीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन

काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको ६८

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको