सामाजिक सञ्जालमा बहस: धुर्मुस–सुन्तलीलाई किन सहयोग गर्ने ? « Khabarhub

सामाजिक सञ्जालमा बहस: धुर्मुस–सुन्तलीलाई किन सहयोग गर्ने ?


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको औपचारिक घोषणापछि सामाजिक सञ्जालमा विरोध समेत हुन थालेको छ । विदेशमा पसिना चुहाएर काम गरिरहेका गरीब नेपालीहरुसँग पैसा मागेर धुर्मुस सुन्तलीले नाफामूलक रंगशाला निर्माण गर्न लागेको भन्दै विरोध उठ्न थालेपछि यसबारेमा धुर्मुसले बोलेका छन् ।

धुर्मुसले यो रंगशाला निर्माण देशका लागि बन्न लागेको भएकाले आम नेपालीलाई सहयोग गर्न समेत आग्रह गरे । सामाजिक सञ्जालमा भने धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग नगर्न भन्दै क्याम्पेनिङ समेत थालिएको छ ।

तस्वीर – धुर्मुस सुन्तली फाउन्डेसन

अर्कातिर सहयोग गर्ने र नगर्ने भनी सामाजिक सञ्जाल प्रयोगकर्ताबीच पनि जुहारी नै चलेको छ । कतिपयले सरकारले गर्नुपर्ने काम आफूहरुले गर्न खोजेको सह्रानीय भएपनि खाडी मुलुकमा काम गरेर केही पैसा कमाउने नेपालीसँग सहयोग माग्नु गलत भएको भन्दै विरोध जनाएका छन् ।

धुर्मुसले भने पहिलेका परियोजना निश्चित समुदायका लागि पूरा गरिएको तर रंगशाला निर्माण भने सम्रग देशका लागि बन्न लागेको दावी गरे ।

‘यो बहुउद्देश्यीय रंगशाला हो, हामीले विदेशमा खेलेको प्रस्तुति हेरेर खेलाडीको तारिफ गर्दैै सामाजिक सञ्जालको भित्तो रंगाएका छौँ, उहाँहरुले पाएको दुःख देखेका छैनौँ, रंगशाला निर्माण गर्ने भनेको हामीले खेलाडीलाई जिउने आधार दिने हो’, धुर्मुसले भने, ‘यो रंगशाला जनताको सहयोगले बन्ने हो, पछि हुने मुनाफालाई लिएर प्रश्न उठिरहेको छ, त्यो मुनाफा पनि तिनै खेलाडीका लागि खर्च हुने हो, रंगशालामै खर्च हुने हो ।’

धुर्मुसले आफूहरुले दर्ता गरेको फाउन्डेसन मुनाफारहित फाउन्डेसन भएकाले यदि नाफा भएको खण्डमा त्यो रकम पनि सामाजिक काममै खर्च गर्ने दावी गरे ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ३४ बजे

सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा

काठमाडौं – उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई मन्त्रिपरिषद् तथा

६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी

भोजपुर – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका सांसद धुर्वराज

भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका