सामाजिक सञ्जालमा बहस: धुर्मुस–सुन्तलीलाई किन सहयोग गर्ने ? | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा बहस: धुर्मुस–सुन्तलीलाई किन सहयोग गर्ने ?


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको औपचारिक घोषणापछि सामाजिक सञ्जालमा विरोध समेत हुन थालेको छ । विदेशमा पसिना चुहाएर काम गरिरहेका गरीब नेपालीहरुसँग पैसा मागेर धुर्मुस सुन्तलीले नाफामूलक रंगशाला निर्माण गर्न लागेको भन्दै विरोध उठ्न थालेपछि यसबारेमा धुर्मुसले बोलेका छन् ।

धुर्मुसले यो रंगशाला निर्माण देशका लागि बन्न लागेको भएकाले आम नेपालीलाई सहयोग गर्न समेत आग्रह गरे । सामाजिक सञ्जालमा भने धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग नगर्न भन्दै क्याम्पेनिङ समेत थालिएको छ ।

तस्वीर – धुर्मुस सुन्तली फाउन्डेसन

अर्कातिर सहयोग गर्ने र नगर्ने भनी सामाजिक सञ्जाल प्रयोगकर्ताबीच पनि जुहारी नै चलेको छ । कतिपयले सरकारले गर्नुपर्ने काम आफूहरुले गर्न खोजेको सह्रानीय भएपनि खाडी मुलुकमा काम गरेर केही पैसा कमाउने नेपालीसँग सहयोग माग्नु गलत भएको भन्दै विरोध जनाएका छन् ।

धुर्मुसले भने पहिलेका परियोजना निश्चित समुदायका लागि पूरा गरिएको तर रंगशाला निर्माण भने सम्रग देशका लागि बन्न लागेको दावी गरे ।

‘यो बहुउद्देश्यीय रंगशाला हो, हामीले विदेशमा खेलेको प्रस्तुति हेरेर खेलाडीको तारिफ गर्दैै सामाजिक सञ्जालको भित्तो रंगाएका छौँ, उहाँहरुले पाएको दुःख देखेका छैनौँ, रंगशाला निर्माण गर्ने भनेको हामीले खेलाडीलाई जिउने आधार दिने हो’, धुर्मुसले भने, ‘यो रंगशाला जनताको सहयोगले बन्ने हो, पछि हुने मुनाफालाई लिएर प्रश्न उठिरहेको छ, त्यो मुनाफा पनि तिनै खेलाडीका लागि खर्च हुने हो, रंगशालामै खर्च हुने हो ।’

धुर्मुसले आफूहरुले दर्ता गरेको फाउन्डेसन मुनाफारहित फाउन्डेसन भएकाले यदि नाफा भएको खण्डमा त्यो रकम पनि सामाजिक काममै खर्च गर्ने दावी गरे ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ३४ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका