राष्ट्रका नाममा ट्रम्पको सम्बोधन, उत्तर कोरियाली नेता किम जोङसँग पुनः वार्ता गर्ने घोषणा « Khabarhub

राष्ट्रका नाममा ट्रम्पको सम्बोधन, उत्तर कोरियाली नेता किम जोङसँग पुनः वार्ता गर्ने घोषणा


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै सम्बोधनका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्ने घोषणा गरेका छन् । फेब्रुअरीको २७ र २८ मा भियतनाममा शिखर वार्ता गर्ने स्टेट अफ द युनियनमा ट्रम्पले सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उनले कुनै पार्टीको विजयले भन्दा पनि अमेरिकाको जीतले महत्व राख्ने समेत बताए । ‘हाम्रो पार्टीको जीत, जीत होइन । अमेरिकाको जीत हाम्रो जीत हो,’ उनले भने ।

ट्रम्पले सम्बोधनका क्रममा आफ्नो कार्यकालमा ५३ लाख नयाँ रोजगारी सिर्जना भएको समेत बताए । छोटो समयमा आफ्नो प्रशासनले सबैभन्दा धेरै व्यापारिक नियम र प्रावधानहरु खारेज गरेको र यसबाट ठुला कम्पनीहरू अमेरिकी बजारतर्फ आकर्षित भएको ट्रम्पको भनाइ छ ।

सम्बोधनका क्रममा ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकाको अर्थतन्त्र तथा सेना संसारकै मजबुत तथा उदाहरणीय भएको समेत दाबी गरे ।

ट्रम्पले रुससँग साँठगाँठ रहेको विषयमा आफूमाथि जारी अनुसन्धान समेत बन्द गर्न आह्वान गरे ।

उनले वर्तमान समय डेमोक्रेटिक पार्टी तथा रिपब्लिकन पार्टी एकै ठाउँमा भेला भई राष्ट्रिय समस्या समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।

अमेरिकामा भइरहेको अवैध आप्रवासन तथा लागुऔषध तस्करी रोक्न मेक्सिकोसँगको सीमानामा कडाई गर्न समेत आह्वान गरे । यसका लागि जसरी पनि मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने दृढता समेत व्यक्त गरे ।

विकासका पूर्वाधारको पुननिर्माण गर्नका लागि अमेरिकी कङ्ग्रेसका दुबै पार्टी एकैठाउँमा भेला हुनुपर्नेमा ट्रम्पको जोड थियो ।

उनले रुससँगको मध्यमदुरीको आणविक क्षेप्यास्त्र सन्धीबाट अमेरिका बाहिरिने तथा सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ समेत गरे ।

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा डेमाक्र्याटिक पार्टीको बहुमत आएपछिको उनको यो पहिलो स्टेट अफ द युनियन सम्बोधन हो । यसअघि उनी मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउन कङ्ग्रेसले रकम विनियोजन नगरे स्टेट अफ द युनियन सम्बोधन नै नगर्ने अडानमा थिए ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १ : १४ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू