भेनेजुएलाको एक अर्ब डलरभन्दा बढी रकम पोर्चु‍गलद्वारा रोक्का « Khabarhub

भेनेजुएलाको एक अर्ब डलरभन्दा बढी रकम पोर्चु‍गलद्वारा रोक्का


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगलको एक बैंकले भेनेजुएलाको १ अर्ब २० करोड अमेरिकी डलर रकम रोक्का गरिदिएको छ । भेनेजुएलाले पोर्चुगलबाट उरुग्वेतर्फ स्थानान्तरण गर्न लागेको सो रकम पोर्चुगलको नोभो ब्याङ्कोले रोक्का गरिदिएको भेनेजुएलाका विपक्षी नेता कार्लोस पापारोनीले जनाएका छन् ।

पोर्चुगलले भेनेजुएलाका राष्ट्रपतिमा हुआँ गुआइदोलाई मान्यता दिएको केही घण्टालगत्तै पोर्चुगलको बैंकले भेनेजुएलाका रकम रोक्का गरिदिएको हो । नोभो ब्याङ्कोको ७५ प्रतिशत स्वामित्व अमेरिकी कम्पनी लोनस्टार फण्डस्का नाममा रहेको बताइएको छ ।

यता क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसले भने भेनेजुएलाको संकटमा मध्यस्थता गर्नसक्ने जनाएका छन् । ऐतिहासिक मध्यपूर्वको भ्रमणबाट फर्कने क्रममा अबुधाबीमा बोल्दै पोपले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफूलाई पत्र लेखेको तर आफूले त्यो पत्र पढ्न बाँकी रहेको बताएका छन् । यद्यपि, भेनेजुएलाको संकटमा आफूले मध्यस्थता गर्न सक्ने उनको दाबी थियो ।

भेनेजुएलाका राष्ट्रपति मादुरोले पनि आफूले पोपलाई संकट समाधानका लागि मध्यस्थता गरिदिन आग्रह गरेको स्वीकार गरेका छन् । इटालीको स्काई टिजी ट्वेन्टी फोर टेलिभिजनसँगको अन्तरवार्तामा मादुरोले आफूले पोपलाई सहयोगको आग्रह गरेको स्वीकारेका हुन् ।

गत २३ जनवरीमा विपक्षी नेता हुआँ गुआइदोले आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट चर्किएको छ । अन्तर्राष्ट्रिय समुदाय पनि दुई चिरामा विभाजित भएका छन् । अमेरिकासहित युरोपेली तथा अन्य पश्चिमा मुलुकले हुआँ गुआइदोलाई राष्ट्रपतिको मान्यता दिएका छन् भने चीन र रुससहित अन्य मुलुकले मादुरोलाई नै भेनेजुएलाका राष्ट्रपति मानेका छन् ।

राजनीतिक संकट चुलिँदै जाँदा सन् २०१३ मा भेनेजुएलाका तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको निधनयता सत्तामा रहेका मादुरोमाथि राजीनामा दिनुपर्ने दबाब बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।-एजेन्सी

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १ : ३३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका