डीपीएलको पुरस्कार राशी बढ्यो, विजेताले ३० लाख पाउने, एक जना खेलाडीलाई सुनको जुत्ता « Khabarhub

डीपीएलको पुरस्कार राशी बढ्यो, विजेताले ३० लाख पाउने, एक जना खेलाडीलाई सुनको जुत्ता


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो धनगढी प्रिमियर लिग (डीपीएल) सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता भएको छ । बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले पुरस्कार राशीमा २० प्रतिशत वृद्धी गरेको जानकारी दिएको हो ।

डीपीएलको पुरस्कार राशीमा वृद्धि गरिएसंगै प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएका छन् । दोस्रो संस्करणको डीपीएल विजेता टोली धनगढी टिम चौराहाले २५ लाख प्राप्त गरेको थियो ।

यो संस्करणको उपविजेताले १२ लाख तथा तेस्रो हुने टोलीले ४ लाख र चौथोले २ लाख पाउँनेछन् ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले सुनको जुत्ता, म्यान अफ द म्याचलाई रु १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जानकारी दिएको हो ।

प्रतियोगिता धनगढीको प्रस्तावित फाप्ला अन्तराष्टिय क्रिकेट मैदानमा माघ २६ देखि फागुन ११ गतेसम्म संचालन हुनेछ । यस्तै, प्रतियोगिताको उद्घाटनका अवसरमा १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याएका १ जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा रुपेन्देही च्यालेन्जर्स, धनगढी स्टार्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ४ : ३६ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा