सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्षद्वारा पदबाट ‘राजीनामा’ « Khabarhub

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्षद्वारा पदबाट ‘राजीनामा’


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष गुरुङले आयोगका सदस्य श्रीकृष्ण सुवेदीलाई राजीनामा दिएका हुन् । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ आयोगको अध्यक्षले प्रधानमन्त्रीलाई राजीनामा दिने प्रावधान छ । तर, गुरुङले भने आयोगको तेस्रो वरियताका सदस्य सुवेदीलाई राजीनामा बुझाएका छन् ।

२७ माघ २०७१ को मन्त्रिपरिषद बैठकले पूर्वराजदूत गुरुङलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगको सदस्यमा वरिष्ठ अधिवक्ता लिला उदासी, अधिवक्ता श्रीकृष्ण सुवेदी, समाजशास्त्री डा. माधवी भट्ट र उपप्रध्यापक मञ्चला झा नियुक्त भएका थिए ।

समितिका पदाधिकारीको म्याद आगामी चैतसम्मका लागि थियो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ७ : ४० बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी