व्यक्तिले हडपेको बालुवाटारको जग्गा सरकारको नाममा ल्याउने प्रकृया शुरु « Khabarhub

व्यक्तिले हडपेको बालुवाटारको जग्गा सरकारको नाममा ल्याउने प्रकृया शुरु


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक दैनिकले आज आफ्नो पहिलो पृष्ठमा हडपिएको ४५० कित्ता सरकारमातहत ल्याउन प्रस्ताव शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

समाचारमा भनिएको छ–सरकारले ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानुनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउन प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद बैठकमा अतिक्रमित सार्जजनिक जग्गा सरकारको मातहतमा ल्याउने गरी प्रस्ताव तयार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार व्यक्तिले हडपेका अतिक्रमित जग्गालाई सरकारी स्वामित्वमा ल्याउने प्रस्ताव हाल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको टेबुलमा छ ।

स्रोतका अनुसार उक्त प्रस्ताव सतिव गोपीनाथ मैनालीले तयार गरेका थिए । मन्त्री अर्यालको ललितानिवासलगायत देशभर व्यक्तिका नाम गैरकानुनी ढंगबाट हडपिएका जग्गा सरकारको नाममा फर्काउन प्रक्रिया थालिएको बताइन् ।

उनले आइतबार मन्त्रालयमा केही संवाददातासँगको भेटमा भनिन्, ‘ललितानिवासलगायत देशभर अतिक्रिमित भएका जग्गा सरकारको नाममा ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषदको बैठकमा यो प्रस्ताव जान्छ ।’

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ५८ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका