सम्बन्धविच्छेद गर्न पञ्चको दबाब, वडाध्यक्षसहित १४ गाउँका अगुवा एकमुख « Khabarhub

सम्बन्धविच्छेद गर्न पञ्चको दबाब, वडाध्यक्षसहित १४ गाउँका अगुवा एकमुख


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले ‘सम्बन्धविच्छेद गर्न पञ्चको दबाब’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

पतिकातर्फबाट अदालतमा सम्बन्धविच्छेदको मुद्दा चलिरहँदा सिरहा लहान नगरपालिका–५ मा जातीय अगुवाले एक मलिलालाई १५ लाख ५१ हजार रुपैयाँ लिएर अलग हुन दबाद दिएका हुन् ।

ती महिलालाई सम्बन्धविच्छेद गराउन दबाब दिनेमा सप्तरी सुरुंगा नगरपालिका–१० का वडाध्यक्ष छुतहरु मुखिया (सहनी) र सहनी समाजका १४ गाउँका मान्यजन र अगुवा छन् ।

यसैगरी अन्नपूर्णले ‘जंगल जान गाह्रो लाग्दैन’ शीर्षकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले आवश्यक परे आफू सम्पूर्ण कुरा त्याग गरी जंगल जान सक्ने बताएका छन् । जंगल जान पटक्कै गाह्रो नलाग्ने भन्दै दाहालले जोगी नभई आवश्कताअनुसार फेरि एकपटक सबै त्यागी जंगल जान सक्ने आत्मविश्वास आफूसँग भएको जनाएको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले ‘बालुवाटारको जग्गा दर्ता खारेज गर्दै सरकार’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । सरकाले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको समाचारमा उल्लेख छ ।

भूमिव्यवसथा सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको जानकारी दिएकी हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ०८ बजे

पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

धनुषा– धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको

सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध

वीरगञ्ज– औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

दोधारा चाँदनी – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले

रोकिएन पूर्णबहादुरको गुटगत ‘कचहरी’, के होला संस्थापनको अल्टिमेटम ?

काठमाडौं- गत शुक्रबार अबेर सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा