समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण घोषणा आज « Khabarhub

समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण घोषणा आज


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीचको पार्टी एकीकरण घोषणा आज हुँदै छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान ११ः ४५ मा आयोजना हुने एक कार्यक्रमकाबीच दुई पार्टी बीचको एकीकरण घोषणा हुनेछ ।

फोरम र नयाँ शक्तिबीच एकीकरण भई बन्ने पार्टीको नाम समाजवादी पार्टी, नेपाल रहनेछ ।

यसअघि शनिवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दुई पार्टीबीचको एकीकरणको सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

पार्टी एकता भएको भोलिपल्ट अर्थात २४ गते संयुक्त बैठक बस्ने कार्यक्रम तय भएको छ । त्यस्तै २६ गते एकीकृत दल दर्ताको लागि निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ ।

दुई अध्यक्ष

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमको एकतापछिको एकीकृत दलमा दुई अध्यक्ष रहने भएका छन् ।

उपेन्द्र यादव पार्टीको कार्यकारी अध्यक्ष बन्ने छन् भने डा बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष बन्ने भएका छन् । त्यस्तै अशोक राई वरिष्ठ नेता हुने छन् ।

एकीकृत पार्टीमा २४ जना पदाधिकारी रहनेछन् । जसमा फोरमबाट १५ जना र नयाँ शक्तिबाट ९ जना रहने छन् । ४३१ जनाको केन्द्रीय समिति बनाउने सहमति दुई दलबीच भएको छ ।

एकीकृत पार्टीको महाधिवेशन आगामी असोज ७, ८ र ९गते जनकपुरमा गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ५८ बजे

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

सिद्धार्थनगर– रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई

खोलामा डुबेर किशोरीको मृत्यु

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने

सुकुम्वासी बस्ती हटेपछि यस्तो देखिए उपत्यकाका खोला किनार

काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न

कैलाली चुरेका भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान

कैलाली– कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५०

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ