यसकारण बढ्दै छ माटोमा अम्लीयपन « Khabarhub

यसकारण बढ्दै छ माटोमा अम्लीयपन


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा ह्रास आउन थालेको र यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ ।

माटो बिरुवाको खाद्यतत्वको भण्डार भएकाले माटोमा हुने अम्लीयपनले उर्वराशक्तिमा ह्रास आएको विभिन्न परीक्षणले देखाएको छ । माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने र बिरुवाको सन्तुलित पोषण प्रक्रिया अपनाउने योजना बनाउनु आवश्यक भएको माटो तथा मल प्रयोगशाला सुन्दरपुरका निमित्त वरिष्ठ माटोविज्ञ प्रकाशकुमार पन्तले बताए ।

प्राङ्गारिक र रासायनिक मलको सन्तुलित प्रयोगबाट मात्र माटोको उर्वराशक्ति र उत्पादन दिगो हुनसक्ने भए पनि यसतर्फ किसानले चासो दिन सकेका छैनन् । “बोटबिरुवाबाट आशातीत फल पाउन उत्पादनका कारकतत्व माटो, मल, जल, बीउबिजन, उन्नत प्रविधि र बाली संरक्षणमा विशेष ध्यान दिनुपर्ने हुन्छ”, माटोविज्ञ पन्तले भने, “बढ्दो जनसङ्ख्याको खाद्यान्नको माग पूरा गर्न सघन बाली प्रणाली अपनाउँदा माटोको उर्वराशक्ति दिगो बनाई राख्न माटो व्यवस्थापन पक्षमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।”

बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्म तत्वका रुपमा रहेका फलाम, ताँबा, वोरोन, म्याङगानिज, मोलिब्डेनम क्लोरिनजस्ता खाद्यतत्वको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु आवश्यक रहेको उनले बताए । माटोको अम्लीयपन हटाउन प्रतिकट्ठा खेतमा ८० किलोदेखि ९० किलो कृषि चुनको प्रयोग गरे माटोको अम्लीयपन हटाई तटस्थमा ल्याउन सकिने उनको भनाइ छ ।

माटोको उर्वराशक्ति बढाउन र माटोको अम्लीयपन हटाई सन्तुलित बनाउन प्राङ्गारिक मलको प्रयोगमा व्यापकता ल्याउनुपर्ने कृषिविज्ञको सुझाव रहेको छ । घर वरिपरि पाइने वनस्पति, झारपात आदिलाई टुक्रा पारी तह तह बनाउँदै खाडल वा थुप्रोमा उपयुक्त वातावरणको सिर्जना गरी सुक्ष्म जीवाणुका माध्यमबाट कुहाइ प्राङ्गारिक मल बनाउन सकिने कृषि प्राविधिक वीरबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार गाईवस्तुको मलमूत्र, घाँसपात, सोत्तर तथा अन्य झारपात गोठको नजिकै बनाइएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर पनि प्राङ्गारिक मल बनाउन सकिन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : ३४ बजे

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल