विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो « Khabarhub

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा आएको विनाशकारी लेदोयुक्त बाढीको मुख्य कारण कुनै हिमताल फुटेर नभई लाङटाङ-लिरुङ हिमश्रृङ्खलाको माथिल्लो क्षेत्रबाट खसेको ठूलो हिम-चट्टान पहिरो रहेको पुष्टि भएको छ ।

जल तथा मौसम विज्ञान विभाग र सम्बन्धित विपद् अध्ययन संस्थाहरूले सार्वजनिक गरेको ‘अध्ययन प्रतिवेदन’ अनुसार उक्त प्राकृतिक विपत्तिमा करिब १४ करोड २० लाख घनमिटर बराबरको हिउँ, विशाल चट्टान, माटो र गेग्रान एकैपटक खसेर नदीमा मिसिँदा तल्लो तटीय क्षेत्रमा विनाशकारी ‘हिलाम्मे बाढी’ सिर्जना भएको थियो ।

प्रतिवेदन अनुसार २६ अगस्ट बिहान ८ : ३७ बजे समुद्री सतहबाट करिब ५ हजार २ सय मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालको उत्तरी–पश्चिमी ढलानबाट करिब ६ सय मिटर चौडा र ७० मिटर बाक्लो विशाल हिउँ र चट्टानको भाग एकाएक ढलेको थियो ।

उक्त विशाल पिण्ड करिब १ हजार ४ सय मिटर तल ल्हेन्दे खोलाको उपत्यकामा खस्दा ५.२ म्याग्निच्युडको भूकम्प सरहको धक्का मापन गरिएको थियो । खस्ने क्रममा उत्पन्न प्रकम्पन र घर्षणजन्य तापक्रमका कारण हिउँ द्रुत गतिमा पग्लियो र यसले बाटोमा रहेका पुराना गेग्रान, माटो र रूखहरूलाई सोहोर्दै विशाल लेदोको रूप लियो ।

ल्हेन्दे खोलाको यो भयानक लेदो उत्तरी सीमा पार गरी चीनको तिब्बतस्थित केरुङ हुँदै पुनः रसुवागढी नाकाबाट नेपालको भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेको थियो ।

पूर्वसूचना प्रणाली र ‘नेगेटिभ लिड टाइम’ को चुनौती

प्रतिवेदनले बाढीका कारण ठूलो मानवीय क्षति हुनुमा ‘वार्निङ ल्याटेन्सी’ अर्थात् चेतावनी जारी गर्न लागेको समय र बाढी बग्ने समयको ठूलो अन्तरलाई मुख्य कारक मानेको छ । बाढी यति तीव्र र विनाशकारी थियो कि रसुवागढी, टिमुरे र स्याफ्रुबेसीका मुख्य स्वचालित जलमापन यन्त्रहरू बाढी खतराको विन्दुमा पुग्नुअघि नै बगेर नष्ट भए ।

पहिरो खसेको १२.८ मिनेटभित्रै बाढी पहिलो मानव बस्तीमा पुगिसकेको थियो । तर, उपग्रह तथा केन्द्रीय प्रणालीबाट सर्वसाधारणमा आधिकारिक मोबाइल अलर्ट÷साइरन जारी हुन ३८.८ मिनेट लागेको पनि प्रतिवेदनमा उल्लेख छ ।

जसका कारण माथिल्लो रसुवा र नुवाकोटका क्षेत्रहरूमा ‘नेगेटिभ लिड टाइम’ (चेतावनी पुग्नुअघि नै बाढी आइपुग्ने अवस्था) सिर्जना भई मानिसहरूले सुरक्षित स्थानमा भाग्ने समय नै नपाएको जनाइएको छ ।

पूर्वाधार र अर्थतन्त्रमा अभूतपूर्व क्षति

बाढीले नेपालको उत्तर–दक्षिण व्यापारिक मार्ग र ऊर्जा क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ । भोटेकोशी, त्रिशूली र त्रिशूलीका सहायक नदीहरूमा सञ्चालित तथा निर्माणाधीन गरी १४ भन्दा बढी जलविद्युत् आयोजनाहरू (कुल क्षमता करिब ७४८ मेगावाट) आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन् । यसबाट नेपालको राष्ट्रिय ग्रिडमा ठूलो विद्युत् संकट पैदा भएको छ ।

सडक तथा मितेरी पुलः नेपाल–चीन जोड्ने ऐतिहासिक रसुवागढी मितेरी पुल, सुक्खा बन्दरगाह, भन्सार कार्यालय र पासाङल्हामु राजमार्गका दर्जनौँ स्थानका पक्की पुल तथा सडक जगैदेखि बगेका छन् । प्रारम्भिक प्राविधिक मूल्याङ्कन अनुसार भौतिक संरचना, निजी सम्पत्ति र जलविद्युत् क्षेत्रमा गरी ४ खर्ब बढीको क्षति भएको छ ।

पुनर्निर्माण र दीर्घकालीन सुझाव

प्रतिवेदनले यो विपत्तिलाई जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढेको जोखिमको उदाहरण मान्दै आगामी दिनका लागि महत्त्वपूर्ण प्राविधिक र नीतिगत सुझावहरू दिएको छ ।

नदीको पानीको सतह नाप्ने यन्त्र मात्र पर्याप्त नभएकाले उच्च हिमाली क्षेत्रमा हुने पहिरो र हिमपात तत्काल पत्ता लगाउन ‘स्याटेलाइट र सिस्मोग्राफ’मा आधारित पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रभावित क्षेत्रको पुनर्निर्माण, नदी नियन्त्रण, विस्थापितको पुनस्थापन र राजमार्ग खुलाउनका लागि १ खर्ब ३ अर्ब भन्दा बढी बजेट आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको प्रक्षेपण छ ।

नदी किनारका जोखिमयुक्त बजार (जस्तैः टिमुरे, स्याफ्रुबेसी, बेत्रावती) लाई सुरक्षित उच्च स्थानमा स्थानान्तरण गर्न एकीकृत विकास योजना लागू गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  २ : १२ बजे

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई