हमास र इजरायलबीच युद्धविराम सम्झौता « Khabarhub

हमास र इजरायलबीच युद्धविराम सम्झौता


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पछिल्लो समय इजरायल र इजरायल अधिनस्थ गाजा क्षेत्रमा जारी द्वन्द्व बढ्दै गएपछि इजरायल र गाजा क्षेत्रमा सक्रिय इस्लामिक समूह हमासबीच युद्धविराम भएको छ ।

गाजाको प्रशासन सम्हाल्दै आएको हमाससँग आबद्ध टेलिभिजनले इजिप्टको मध्यस्थतामा युद्धविराम भएको जनाएको हो ।

प्यालेष्टाइनी पक्षका अनुसार सोमबार सबेरै साढे ४ बजे इजरायल र हमासबीच हिंसा स्थगित गर्ने सम्झौता भएको हो । यस विषयमा इजरायली पक्षबाट भने केही विवरण सार्वजनिक भएको छैन ।

इजरायली र प्यालेष्टाइनी दुबै पक्ष हिंसालाई चर्काउने पक्षमा नरहेकाले युद्धविराम भएको बताइएको छ ।

तीन दिनअघि हमास र इजरायलबीच हिंसा शुरु भएको थियो । आइतबारमात्रै हमासले इजरायलमा ६ सय भन्दा धेरै रकेट आक्रमण गरेको थियो ।

केही रकेट बीच आकाशमै इजरायलको आइरन डोम नामक रकेट प्रतिरोधी प्रणालीले राकेपनि केही रकेटले जमिनमा आक्रमण गर्न सफल भएको र रकेट आक्रमणबाट ४ जना इजरायलीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रकेट आक्रमणपछि इजरायलले गाजा क्षेत्र गरेको सैनिक तथा हवाई आक्रमणमा सर्वसाधारण नागरिकसहित १९ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १२ : २५ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय