ब्रुनईमा समलिङ्गी यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मार्ने कानून फिर्ता « Khabarhub

ब्रुनईमा समलिङ्गी यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मार्ने कानून फिर्ता


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–व्यापक विरोध तथा अन्तर्राष्ट्रिय आलोचनापछि ब्रुनाई सरकारले समलिङ्गी यौन सम्बन्ध राख्ने र व्यभिचारीलाई ढुंगाले हानेर मृत्यदण्ड दिइने कानून फिर्ता लिएको छ ।

गत महिनामात्रै समलिङ्गी यौन सम्बन्ध राख्ने र व्यभिचारीलाई ढुंगाले हानेर मृत्युदण्ढ दिइने कानून बनाएको ब्रुनाई व्यापक विरोधपछि भने पछाडि हटेको हो ।

त्यहाँको सुल्तान हसनल बोल्कियले मृत्युदण्डको व्यवस्था गरिएको नयाँ कानूनको निलम्बन अवधि लम्ब्याएका हुन् । गत अप्रिलमा यस्तो कानून बनाएपछि विश्वभर ब्रुनाईको आलोचना भएको थियो ।

दक्षिण पूर्वी एसियाली मुलुकमा नयाँ इस्लामिक कानूनको घोषणा गर्दै समलिङ्गी यौन सम्बन्ध राख्नेमाथि कडा सजायको व्यवस्था गरिएको थियो । ब्रुनाईको कानूनमा केही अपराधको निम्ति मृत्युदण्डको प्रावधान राखिएको भएपनि सन् १९५७ यता कसैलाई मृत्युदण्ड दिइएको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १२ : २८ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।