अफिम र चरेशसहित १ जना पक्राउ | Khabarhub Khabarhub

अफिम र चरेशसहित १ जना पक्राउ


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध अफिम र चरेशसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–८ घर भइ कैलालीको धनगढी बस्ने ४६ वर्षी काल्चे बोहरा छन् ।

विशेष सूचनाका आधारमा गएको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले बोहरालाई पृथ्वी राजमार्गअन्तर्गत धादिङको सेतीखोलाबाट पक्राउ गरेको हो ।

बोहराले भारतीय नम्बरप्लेट डीएल ३ सीएडी ७०८१ नम्बरको कारमा ९७८ ग्राम अफिम र ४७ किलो चरेश बोकेका थिए ।

बोहोरालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  २ : ०९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका