युरोपकै पहिलो पानीमुनीको रेस्टुरेन्ट नर्वेमा « Khabarhub

युरोपकै पहिलो पानीमुनीको रेस्टुरेन्ट नर्वेमा


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी–नर्वेमा युरोपकै पहिलो पानीमुनी रेस्टुरेन्ट खुलेको छ । पानीमो डुबेको ट्युबको जस्तो आकारमा उक्त रेस्टुरेन्टलाई निर्माण गरिएको छ । रेस्टुरेन्टको नाम ‘अन्डर’ राखिएको छ, जसको नर्वेजियन भाषामा अनौठो अर्थात अद्वितीय भन्ने अर्थ लाग्छ ।

यो रेस्टुरेन्ट सञ्चालनमा आउनु अगावैबाट बुकिङ खुल्ला गरिएको थियो । यसका लागि करिब सात हजार मानिसले उक्त रेस्टुरेन्टमा आएर आनन्द लिन बुकिङ गरेका थिए ।

रेस्टुरेन्ट समुद्रको पाँच मिटर गहिराईमा बनाइएको छ । यसलाई नर्वेका आर्किटेक्चरल फर्म स्नोहेटाले डिजाइन गरेको हो । यो रेस्टुरेन्टका मालिक स्टिग र गाँटे दाजुभाइ हुन् । उनीहरुले हरेक वर्ष १२ हजार मानिस आफ्नो रेस्टुरेन्टमा आउने अपेक्षा गरेका छन् । यो रेस्टुरेन्टमा पाइने खानाको मेन्यु तयार गर्न डेढ वर्ष लागेको रेस्टुरेन्टका सेफ निकोलईले बताएका छन् ।

समुद्री जीव तथा उनीहरुको गतिविधिबारे जान्न चाहने शोधकर्ता तथा इच्छुक व्यक्तिका लागि उक्त रेस्टुरेन्ट सबै भन्दा उपयुक्त विकल्प हुने रेस्टुरेन्ट सञ्चालकको भनाइ छ । यो रेस्टुरेन्टमा खानु पिउनुको मज्जा सँगसँगै अध्ययन पनि गर्न सकिने छ । यस किसिमका रेस्टुरेन्ट मालद्वीपमा रहे पनि युरोपमा भने पहिलो भएको दावी गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ०८ बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र