युरोपकै पहिलो पानीमुनीको रेस्टुरेन्ट नर्वेमा | Khabarhub Khabarhub

युरोपकै पहिलो पानीमुनीको रेस्टुरेन्ट नर्वेमा


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी–नर्वेमा युरोपकै पहिलो पानीमुनी रेस्टुरेन्ट खुलेको छ । पानीमो डुबेको ट्युबको जस्तो आकारमा उक्त रेस्टुरेन्टलाई निर्माण गरिएको छ । रेस्टुरेन्टको नाम ‘अन्डर’ राखिएको छ, जसको नर्वेजियन भाषामा अनौठो अर्थात अद्वितीय भन्ने अर्थ लाग्छ ।

यो रेस्टुरेन्ट सञ्चालनमा आउनु अगावैबाट बुकिङ खुल्ला गरिएको थियो । यसका लागि करिब सात हजार मानिसले उक्त रेस्टुरेन्टमा आएर आनन्द लिन बुकिङ गरेका थिए ।

रेस्टुरेन्ट समुद्रको पाँच मिटर गहिराईमा बनाइएको छ । यसलाई नर्वेका आर्किटेक्चरल फर्म स्नोहेटाले डिजाइन गरेको हो । यो रेस्टुरेन्टका मालिक स्टिग र गाँटे दाजुभाइ हुन् । उनीहरुले हरेक वर्ष १२ हजार मानिस आफ्नो रेस्टुरेन्टमा आउने अपेक्षा गरेका छन् । यो रेस्टुरेन्टमा पाइने खानाको मेन्यु तयार गर्न डेढ वर्ष लागेको रेस्टुरेन्टका सेफ निकोलईले बताएका छन् ।

समुद्री जीव तथा उनीहरुको गतिविधिबारे जान्न चाहने शोधकर्ता तथा इच्छुक व्यक्तिका लागि उक्त रेस्टुरेन्ट सबै भन्दा उपयुक्त विकल्प हुने रेस्टुरेन्ट सञ्चालकको भनाइ छ । यो रेस्टुरेन्टमा खानु पिउनुको मज्जा सँगसँगै अध्ययन पनि गर्न सकिने छ । यस किसिमका रेस्टुरेन्ट मालद्वीपमा रहे पनि युरोपमा भने पहिलो भएको दावी गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ०८ बजे

टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पनि पराजित

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’

धरान– पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी

बस्तीमा बाढी पस्दा १० घर डुबानमा

सिन्धुली– यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १०

आजका समाचार : रविलाई नख्खु कारागारमा स्थानान्तरण, कांग्रेसलाई महाधिवेशन चाँडै गर्न दबाब र पुटिन–ट्रम्प वार्ता उपलब्धिमूलक

समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाईराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति