नेपाल एयरलाइन्सकै विमानबाट यसरी हुन्छ सुन तस्करी « Khabarhub

नेपाल एयरलाइन्सकै विमानबाट यसरी हुन्छ सुन तस्करी


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सुन तस्करहरुले पछिल्लो समय सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)कै विमानबाट सुन तस्करी गर्ने गरेको खुलेको छ ।

तस्कहरुले वैदेशिक रोजगारीबाट नेपाल फर्किने तथा अन्य यात्रुको प्रयोग गरेर नेपाल एयरलाइन्समार्फत सुन तस्करी गर्ने गरेको खुलेको हो ।

नेपाल एयरलाइन्सका एकजना कर्मचारी तस्करी गरेर ल्याइएको ३० तोला सुनसहित पक्राउ परेपछि यस्तो सुन तस्करीको रहस्य खुलेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ३० तोला सुनसहित त्रिभवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाईन्सका मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिएको थियो । यादवमाथि प्रारम्भिक छानबिन पछि तस्करहरुले नेपाल एयरलाइन्समा यात्रा गर्ने यात्रुको प्रयोग गरेर सुन तस्करी गर्ने गरेको खुलेको हो ।

यात्रुले ल्याएको तस्करीको सुन रञ्जितले बुझ्दै आएका थिए । आइतबार कतारको दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले सुन रञ्जितले बुझेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तकुमार लामाले नेपाल एयरलाइन्सको विमानमार्फत यसअघि पनि सुन तस्करी हुने गरेको देखिएको बताए । ‘यसअघि पनि नेपाल एयरलाइन्सको विमानबाट सुन तस्करी हुने गरेको देखिएको छ,’ एसएसपी लामाले भने, ‘यात्रुमार्फत तस्करी हुने सुन काठमाडौं पुगेपछि रञ्जितले बुझ्ने गरेको भेटिएको छ ।’

यद्यपि यस विषयमा थप अनुसन्धान भइरहेको एसएसपी लामाको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : २४ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा