प्रधानमन्त्री रोजगारी कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्छः मेयर शाक्य « Khabarhub

प्रधानमन्त्री रोजगारी कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्छः मेयर शाक्य


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले चालु आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्ने बताएका छन् ।

सोमबार महानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेट विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मेयर शाक्यले प्रधानमन्त्री रोजगार कार्यक्रमले देशभित्र समस्याका रुपमा देखा परेको बेरोजगारीदर अन्त्य गर्न सहयोग पुग्ने बताए ।

‘सरकारले देशभित्र नै रोजगारीका सिर्जन गर्ने विषेश पहल गरिरहेको छ । यसमा स्थानीय तहले सहयोग गर्नुपर्छ । रोजगारीसँग आर्थिक समृद्धि जोडिएको छ ।’ उनले भने, ‘हाम्रा युवाले देशभित्र काम गर्ने पाउनुपर्छ । रोजगारीका लागि भौतारिनु हुँदैन । सरकारले रोजगारी सिर्जनासँगै कामको ग्यारेन्टी गर्नुपर्छ ।’

सरकारले देशभित्र नै रोजगारीका अवसर सिर्जना गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव लोकनाथ भुषालले बताएका छन् ।

श्रम मन्त्रालयले रोजगारीका अवसर सिर्जना गर्ने मात्र होइन रोजगारी नभए सीपमुलक तालिम र युवालाई उद्यामी बनाउनका लागि पनि विषेश योजना ल्याउने उनको भनाइ थियो ।

यस्तै, सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट युवालाई देशभित्र काम उत्साह गराउने र रोजगारीको खोजीमा विदेश जानुपर्छ भने भावानामा परिवर्तन ल्याउन काठमाडौं महानगरपालिका प्रशासन प्रमुख केदर न्यौपाने बताएका छन् ।

महानगरपालिकाले महानगरभित्र काम गरिरहेका युवालाई योगदानमा आधारिक सामाजिक सुरक्षाका कार्यक्रममा लैजान सवै रोजगारदातालाई अपिल पनि गरेका छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ४३ बजे

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा