प्रधानमन्त्री रोजगारी कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्छः मेयर शाक्य « Khabarhub

प्रधानमन्त्री रोजगारी कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्छः मेयर शाक्य


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले चालु आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्ने बताएका छन् ।

सोमबार महानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेट विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मेयर शाक्यले प्रधानमन्त्री रोजगार कार्यक्रमले देशभित्र समस्याका रुपमा देखा परेको बेरोजगारीदर अन्त्य गर्न सहयोग पुग्ने बताए ।

‘सरकारले देशभित्र नै रोजगारीका सिर्जन गर्ने विषेश पहल गरिरहेको छ । यसमा स्थानीय तहले सहयोग गर्नुपर्छ । रोजगारीसँग आर्थिक समृद्धि जोडिएको छ ।’ उनले भने, ‘हाम्रा युवाले देशभित्र काम गर्ने पाउनुपर्छ । रोजगारीका लागि भौतारिनु हुँदैन । सरकारले रोजगारी सिर्जनासँगै कामको ग्यारेन्टी गर्नुपर्छ ।’

सरकारले देशभित्र नै रोजगारीका अवसर सिर्जना गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव लोकनाथ भुषालले बताएका छन् ।

श्रम मन्त्रालयले रोजगारीका अवसर सिर्जना गर्ने मात्र होइन रोजगारी नभए सीपमुलक तालिम र युवालाई उद्यामी बनाउनका लागि पनि विषेश योजना ल्याउने उनको भनाइ थियो ।

यस्तै, सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट युवालाई देशभित्र काम उत्साह गराउने र रोजगारीको खोजीमा विदेश जानुपर्छ भने भावानामा परिवर्तन ल्याउन काठमाडौं महानगरपालिका प्रशासन प्रमुख केदर न्यौपाने बताएका छन् ।

महानगरपालिकाले महानगरभित्र काम गरिरहेका युवालाई योगदानमा आधारिक सामाजिक सुरक्षाका कार्यक्रममा लैजान सवै रोजगारदातालाई अपिल पनि गरेका छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ४३ बजे

मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी वाचापत्र

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोड : सैन्य कारवाही टरेको सङ्केत

वाशिङ्टन डीसी- संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य

अवैध लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

दैलेख– दैलेख जिल्लाका विभिन्न वन क्षेत्रको जग्गा अतिक्रमण हुनेक्रम बढेपछि