‘एभेन्जर्सः इन्डगेम’ बन्यो विश्वमै धेरै कमाउने दोस्रो फिल्म, यी हुन् उत्कृष्ट १० फिल्म « Khabarhub

‘एभेन्जर्सः इन्डगेम’ बन्यो विश्वमै धेरै कमाउने दोस्रो फिल्म, यी हुन् उत्कृष्ट १० फिल्म


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूरै विश्वभर धूम मच्चाएको फिल्म ‘एभेन्जर्सः इन्डगेम’ ले नयाँ-नयाँ रेकर्ड राखेको छ । हेरेका दर्शकले फिल्मको जबरजस्त प्रतिक्रिया दिइरहेका छन् । फिल्मको कथाले एक काल्पनिक दुनियाँमा लैजान्छ, जसलाई दर्शकले रुचाएका छन् ।

यो फिल्मले अहिलेसम्म विश्वभरबाट २.१८८ बिलियन (नेपाली रुपैयाँ २४,२७,५८,६०,००,००,०००.००) डलर कमाइ गरेको छ । कमाइको रफ्तार रोकिएको पनि छैन । फिल्मले कमाइ गरिरहेको छ । आजका दिनसम्म यो फिल्मले विश्वभरमा सबैभन्दा धेरै कमाउनेमा दोस्रो फिल्म बनेको छ ।

यसअघि फिल्म ‘अवतार’ ले विश्वमै सबैभन्दा धेरै कमाइ गरेर रेकर्ड राखेको थियो । यो रेकर्ड पनि ‘एभेन्जर्सः इन्ड गेम’ ले तोड्न सक्ने देखिएको छ ।

‘एभेन्जर्सः इन्ड गेम’ ले विश्वभर नै निकै लोकप्रियता कमाएको छ । फिल्मको नेपालमा पनि उत्तिकै चर्चा भइरहेको छ । नेपालमा यो फिल्मको अग्रिम बूकिङ पनि आक्रामक थियो ।

यी हुन् विश्वमा सबैभन्दा धेरै कमाउने उत्कृष्ट १० फिल्म:

१. अवतार

२. एभेन्जर्सः इन्ड गेम

३. टाइटानिक

४. स्टार वार्सः द फोर्स अवेकन्स

५. एभेन्जर्सः इन्फिनिटी वार

६. जुरासिक वर्ल्ड

७. द एभेन्जर्स

८. फ्युरियस ७

९. एभेन्जर्सः एज अफ अल्र्टन

१०. ब्ल्याक प्यान्थर

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ०२ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको