चिनियाँ सामानमा भन्सार शुल्क बढाउने ट्रम्पको घोषणा « Khabarhub

चिनियाँ सामानमा भन्सार शुल्क बढाउने ट्रम्पको घोषणा


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै अर्को साताबाट लागू हुनेगरी २ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा भन्सार शुल्क बढाउने घोषणा गरेका हुन् ।

पछिल्लो समय अमेरिका र चीनबीच व्यापारिक विषयमा छलफल भइरहेका बेला अमेरिकी पक्षबाट एकतर्फी रुपमा चिनियाँ सामानमा भन्सार शुल्क बढाउने घोषणा आएको हो ।

यसअघि चिनियाँ सामानमा १० प्रतिशत मात्र भन्सार शुल्क लाग्दै आएकोमा आगामी शुक्रबारबाट त्यसलाई बढाएर २५ प्रतिशत पुर्‍याइने ट्रम्पको ट्विटमा उल्लेख छ । तर व्यापार वार्ता निकै सुस्त किसिमबाट अघि बढेको भन्दै राष्ट्रपति ट्रम्पले चीनमाथि थप दबाब बढाउनका लागि पछिल्लो घोषणा गरेको हुनसक्ने बताइएको छ ।

अमेरिकी घोषणासँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । शाङ्घाईको शेयर बजार सोमबार एकै दिन ५ प्रतिशतले घटेको छ भने एसियाका अन्य शेयर बजारमा पनि मन्दी छाएको छ । हङकङको शेयर बजार पनि ३.३ प्रतिशत घटेको छ ।

सिंगापुरको शेयर बजार ३.३ प्रतिशत र ताइपेईको शेयर बजार १.८ प्रतिशतले घटेको छ । सिड्नी र वेलिङ्टनको शेयर बजारमा एकएक प्रतिशत घटेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : १२ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि