काठमाडौं महानगरपालिकाद्वारा फुटबल क्लबलाई सहयोग तथा सम्मान « Khabarhub

काठमाडौं महानगरपालिकाद्वारा फुटबल क्लबलाई सहयोग तथा सम्मान


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका ‘ए’ डिभिजन लिगका फुटबल क्लबलाई सम्मान तथा बी र सी डिभिजनका क्लबलाई आर्थिक अनुदान उपलब्ध गराएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी महानगरले सहिद स्मारक ए डिभिजन लिगमा सहभागी तथा विजयी क्लबलाई प्रमाणपत्रसहित सम्मान गरेको हो । यस्तै,  बी र सी डिभिजन क्लबलाई क्रमश ३ र २ लाख रुपैयाँ अनुदान दिएको हो ।

अनुदान पाउने क्लबहरुमा बी डिभिजनका अन्नपूर्ण क्लब, टुसाल युवा क्लव, कुमारी युवा क्लब, बाँसबारी युवा क्लब र व्वाईज युनियन क्लब छन् । यस्तै, सी डिभिजनका सानो गौचरण क्लब, महाविर क्लब, समाज कल्याण खेलकुद क्लब, प्लानिङ वाइज युनाइटेड, स्वयम्भु क्लब, मनोहर एकीकृत क्लब र समाजिक युवा क्लब छन् ।

अनुदान हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका भित्रका क्लबहरुलाई आर्थिक रुपमा सघाउन पाउँदा खुसी लागेको बताए । ‘हामीले यसअघि ए डिभिजन लिगलाई सहयोग गर्दा जितेर आउनुस्, हामी सम्मन गछौं भनेका थियौं । त्यो गर्यौं,’ शाक्यले भने, ‘अब आगामी दिनमा जित्ने गरी खेल्न खेलाडीलाई आग्रह गर्दछु ।’

उनले आगामी दिन महानगरले खेलकुदको विकास र पूर्वाधारमा थप सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

यस्तै, कार्यक्रममा बोल्दै उप–मेयर हरिप्रभा खड्कीले महिला खेलकुदको विकास मा पनि ध्यान दिनु पर्ने बताइन् । उनले आगामी दिनमा महिला फुटबल टोलीका लागि पनि यस्ता सम्मान र सहयोगका कार्यक्रम गर्नुपर्ने बताइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले महानगरपालिकाले खेलकुदको विकासमा सहयोग गरेको बताउँदै आगामि दिनमा पनि साथ निरन्तर रहने विश्वास व्यक्त गरे ।

उनले महानगरपालिकासँग क्लबहरुका लागि काठमाडौंमा जग्गा उपलब्ध नभएको उल्लेख गर्दै छिमेकी नगरपालिकाहरुसँग समन्वय गरी जग्गा उपलब्ध गराउन सहयोगको माग गरेका छन् । यसैगरी महानगरले फुटबलको पूर्वाधार विकासमा सहयोग गर्नु पर्ने पनि अध्यक्ष शेर्पाले आग्रह गरे ।

यसअघि महानगरभित्रका ए डिभिजनका क्लबलाई काठमाडौँ महानगरपालिकाले ६ लाख नगद तथा ४ लाख बराबरको खेल सामाग्री सहयोग गरेको थियो ।

सहिद स्मारक ए डिभिजन लिग जित्न सफल भएको मनाङ– मर्स्याङ्दी क्लब र दोस्रो भएको संकटा क्लबलाई बधाई दिँदै अन्य क्लबलाई आगामि दिनमा राम्रो गर्ने महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ४७ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले