डा. केसीले भने- ‘बाहुबली’ शासन बन्द गरियोस् | Khabarhub Khabarhub

डा. केसीले भने- ‘बाहुबली’ शासन बन्द गरियोस्


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ तथा नागरिक अगुवा प्रा डा गोविन्द केसीले सरकार लोकतन्त्रको मर्म विपरित निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।

प्रेस विज्ञप्ती जारी गर्दै उनले सरकारको नियतमाथि औंला उठाएका छन् । विज्ञप्तिमा उनले नियत सफा भएको सरकारले दण्डहीनता सिर्जनाका लागि ‘बाहुबली’ प्रयासहरु नगर्ने उल्लेख गरेका छन् । सरकारका गतिविधिहरुले उसको गैर–जिम्मेवार र निरंकुशतावादी चरित्र प्रस्ट पारेको विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘नीतिगत भ्रस्टाचारमा पारंगत भइसकेको अहिलेको सरकार समाजलाई नीतिगत दण्डहीनताको डरलाग्दो खाडलमा धकेल्न अभ्यासमा लागेको पुष्टि हुन्छ ।’ डा केसीले लोकतन्त्रमा कार्यकारी लगायत राज्यको कुनै पनि अंग सर्वशक्तिमान वा निरंकुश हुन नसक्ने र नपाउने बताएका छन् ।

‘देशमा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतन्त्र हामी नागरिकहरुकै पसिना, रगत र बलिदानीबाट प्राप्त भएको हो, कुनै अमुक नेताको बाहुबल, बहादुरी वा प्रपञ्चबाट आएको हैन, ‘प्रेस विज्ञप्तीमा भनिएको छ’,‘लोकतन्त्र स्थापित भए यता जति पनि सरकारहरु बने, ती सबैले नागरिकहरुको सेवा गर्ने जिम्मेवारी पाएका हुन्, हामीमाथि स्वेच्छाचारी शासन गर्ने, हाम्रो स्वतन्त्रता कुण्ठित हुने वा संविधान प्रतिकुल काम गर्ने अनुमति पाएका हैनन् ।’

पछिल्लो समय सिल्सिलाबद्ध रुपमा सरकारले ल्याएका अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने विधेयकहरुले स्वतन्त्रताप्रेमी नागरिकहरुलाई नराम्रोसँग झस्काएको उनले बताए । उनले अहिले मिडियाको घाँटी थिचिनु वा मानव अधिकार आयोगका पखेटा काटिनु भनेको ती संस्थासम्बद्ध मानिसहरुको भन्दा बढी आम नागरिकको सरोकारका विषय भएको जिकिर गरेका छन् ।

यस्तै जबर्जस्ती संसदबाट पारित गरिएको चिकित्सा शिक्षा ऐनलाई पनि आफूसँग भएको सम्झौता बमोजिम संशोधन गर्न समेत माग गरेका छन् । उनले नागरिक लगायत सम्बन्धित सबै सरोकारवालाहरुले उठाएका नागरिक अधिकार र सुशासनसम्बन्धी मागहरु सम्बोधन नभए विरोधका कार्यक्रमसहित प्रदर्शनमा उत्रने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ६ : ५७ बजे

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु