भूकम्पको भ्रम फैलाउने अर्जुनले प्रहरी समक्ष दिए यस्तो बयान, के हुन्छ कारबाही ? « Khabarhub

भूकम्पको भ्रम फैलाउने अर्जुनले प्रहरी समक्ष दिए यस्तो बयान, के हुन्छ कारबाही ?


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा जेठ २९ भित्र महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गरी अपवाह फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन कुमार क्षत्रीले अनुमानको भरमा भविष्यवाणी गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

जनमानसमा महाभूकम्पको भ्रम फैलाएकोमा प्रहरी हिरासतमा रहेका उनले बयान दिने क्रममा यस्तो बताएका हुन् । उनी ज्योतिष नै नभएको आशंकामा प्रहरीले थप अनुसन्धान पनि अगाडि बढाएको छ ।

महाभूकम्पको भविष्यवाणी गरेर जनतामा भ्रम फलाएको आरोपमा अहिले उनी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । युट्युवरहरूलाई बोलाएर महाभूकम्पको हल्ला फैलाएको आरोपमा उनलाई मंगलबार दिउँसो प्रहरीले गौशालाबाट पक्राउ गरेको थियो ।

उनीमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरिवाना हुनसक्ने बताइएको छ । बयानको क्रममा उनी ज्योतिष नै नभएको आशंका पनि बढेको एक प्रहरी अधिकृतले बताएका छन् । उनलाई ज्योतिष महासंघले पनि कारबाही गरेर निस्कासन गरिसकेको बताएको छ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : ५४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन