स्कार्पियो ट्याक्सीलाई ठक्कर दिएर रुखमा ठोकियो, चार घाइते « Khabarhub

स्कार्पियो ट्याक्सीलाई ठक्कर दिएर रुखमा ठोकियो, चार घाइते


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज (बिहीबार) बिहान करीब ३ बजे सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना हुँदा चार घाइते भएका छन् ।

दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय रिसव खत्री र २० वर्षीय अमन केसी घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । घाइते चारै जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै सैनिक आवासीय माविका सैनिकले घाइतेको उद्धार गरेका थिए ।

घाइतेमध्ये सुन्दरलाई गम्भीर चोट लागेको छ । सुन्दरको निधारलगायतका शरीरका अन्य भागमा समेत चोट लागेको छ । स्कार्पियो अगाडिको भागले च्यापिएका सुन्दरलाई निकाल्न ढोका नै निकाल्नुपरेको प्रत्यक्षदर्शी भक्तपुर अस्पतालका एम्बुलेन्स चालक कृष्णराम कोजुले बताए । अत्यधिक तीव्र गतिमा हुँइकिएको सो स्कार्पियोले सल्लाघारीबाट दुधपार्टीतर्फ आउँदै गरेको बा२ज २७८९ नंको ट्याक्सीलाई समेत ठक्कर दिँदा ट्याक्सीको अगाडि भागमा सामान्य क्षति भएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : ५८ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र