कपिलको शोमा फिर्ता हुनेबारे सुनिल ग्रोवरले दिए यस्तो जवाफ « Khabarhub

कपिलको शोमा फिर्ता हुनेबारे सुनिल ग्रोवरले दिए यस्तो जवाफ


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुनिल ग्रोवरले कपिल शर्मा शो छोडेको लगभग २ वर्ष भन्दा धेरै भयो ।

सम्बन्ध विग्रनुको कारण तपाईंलाई थाहा नै होला । दुबैजनाबीच विमानमा विवाद भएको थियो । यसपछि दुबैजना सँगै देखिएनन् । तर हालसालै कपिल शर्माले ट्वीटमार्फत भारत फिल्मका लागि पूरै टीमका साथ सुनील ग्रोबरलाई पनि शुभकामना दिए ।

र सुनीलले कपिलललाई यसको लागि धन्यवाद दिँदै प्रतिक्रिया पनि दिएका छन् । सुनील र कपिल कहिले सँगै काम गर्छन् ? भन्दै उनीहरुका फ्यानहरुले चासो दिइरहेका छन् । तर सुनीलले भने यसलाई भगवान भरोसामा छोडिदिएका छन् ।

एक अन्तर्वार्ताका क्रममा जब सुनील ग्रोवरलाई सोधियो कि के उनी कपिल शर्मासँग काम गर्नेछन् ? यसका जवाफमा सुनीलले दुई शब्द मात्र जवाफ दिए । त्यो हो ‘भगवाननै जानुन्’।

यसका अलावा सुनीलले आफ्नो भविष्यको प्रजेक्टको बारेमा कुरा गरे । सुनीलले बताए कि उनी एक राम्रो खालको टेलिभिजन कार्यक्रमको प्रतिक्षामा छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ११ : ५५ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ