नेकपामा इन्चार्ज र सहइन्चार्ज चयनमा सकस– बैठक स्थगित « Khabarhub

नेकपामा इन्चार्ज र सहइन्चार्ज चयनमा सकस– बैठक स्थगित


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्न आजका लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ ।

गृहकार्यका लागि समय अभाव भएपछि बिहीवार बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहकार्यका लागि समय मागेपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै विहीवार निर्णय लिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा छलफल भइरहेको र छलफल सकारात्मक दिशामा अघि बढेको श्रेष्ठले बताएका थिए ।

नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी छ । गत वर्ष जेठ ३ गते पार्टी एकता भएपनि नेकपाको सम्पूर्ण एकता प्रक्रियाका काम टुंग्याउन बाँकी छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ०६ बजे

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त