यातायात व्यवसायीमाथि कारबाहीको तयारी, गाडीको रुट परमिट खारेज हुने « Khabarhub

यातायात व्यवसायीमाथि कारबाहीको तयारी, गाडीको रुट परमिट खारेज हुने


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कम्पनीमा दर्ता हुन अटेर गर्ने यातायात व्यवसायीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

पटक पटक आह्वान गर्दा पनि व्यवसायीले नमानेको भन्दै कानूनी कारवाहीमा जानुको विकल्प नभएको मन्त्री महासेठको भनाइ थियो । अबको एक हप्ताभित्र यसबारे निर्णय गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए ।

सरकारले सबै यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन तीन पटक समय दिए पनि सबै व्यवसायी अझै कम्पनीमा दर्ता भएका छैनन् । अहिलेसम्म १ हजार ६७४ व्यवसायी मात्र कम्पनीमा दर्ता भएका छन् । यातायात व्यवसायीका विभिन्न संघ र संस्था मिलेर बनेका समितिको संख्या झण्डै ३ सय रहेकोमा १५० समिति मात्र कम्पनीमा दर्ता भएका छन् ।

सार्वजनिक यातायात समितिलाई कम्पनीमा आउन अन्तिम पटक थपिएको म्याद आइतबार सकिएको छ । कम्पनीमा दर्ता हुन अटेर गर्ने गाडीको रुट परमिट खारेज हुने सरकारले बताउँदै आएको छ ।

सार्वजनिक यातायातमा भएको सिण्डिकेटलाई अन्त्य गर्न सरकारले गत वर्ष २०७५ वैशाख ४ मा सबै सार्वजनिक यातायात समितिलाई कम्पनीमा आउन निर्देशन दिएको थियो ।

सुरुमा मंसिर मसान्तसम्मको म्याद तोकिएको भएपनि पुन म्याद थपेर फागुन मसान्तसम्म पुर्याइएको थियो । उक्त समयमा पिन समितिहरु कम्पनीमा नआएपछि २०७६ को जेठ १९ गतेसम्म सबै यातायात समितिले कम्पनीमा दर्ता भइसक्नुपर्ने गरी ऐन संशोधन गरिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : १९ बजे

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट