यातायात व्यवसायीमाथि कारबाहीको तयारी, गाडीको रुट परमिट खारेज हुने « Khabarhub

यातायात व्यवसायीमाथि कारबाहीको तयारी, गाडीको रुट परमिट खारेज हुने


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कम्पनीमा दर्ता हुन अटेर गर्ने यातायात व्यवसायीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

पटक पटक आह्वान गर्दा पनि व्यवसायीले नमानेको भन्दै कानूनी कारवाहीमा जानुको विकल्प नभएको मन्त्री महासेठको भनाइ थियो । अबको एक हप्ताभित्र यसबारे निर्णय गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए ।

सरकारले सबै यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन तीन पटक समय दिए पनि सबै व्यवसायी अझै कम्पनीमा दर्ता भएका छैनन् । अहिलेसम्म १ हजार ६७४ व्यवसायी मात्र कम्पनीमा दर्ता भएका छन् । यातायात व्यवसायीका विभिन्न संघ र संस्था मिलेर बनेका समितिको संख्या झण्डै ३ सय रहेकोमा १५० समिति मात्र कम्पनीमा दर्ता भएका छन् ।

सार्वजनिक यातायात समितिलाई कम्पनीमा आउन अन्तिम पटक थपिएको म्याद आइतबार सकिएको छ । कम्पनीमा दर्ता हुन अटेर गर्ने गाडीको रुट परमिट खारेज हुने सरकारले बताउँदै आएको छ ।

सार्वजनिक यातायातमा भएको सिण्डिकेटलाई अन्त्य गर्न सरकारले गत वर्ष २०७५ वैशाख ४ मा सबै सार्वजनिक यातायात समितिलाई कम्पनीमा आउन निर्देशन दिएको थियो ।

सुरुमा मंसिर मसान्तसम्मको म्याद तोकिएको भएपनि पुन म्याद थपेर फागुन मसान्तसम्म पुर्याइएको थियो । उक्त समयमा पिन समितिहरु कम्पनीमा नआएपछि २०७६ को जेठ १९ गतेसम्म सबै यातायात समितिले कम्पनीमा दर्ता भइसक्नुपर्ने गरी ऐन संशोधन गरिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : १९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल