सरकारको साप्ताहिक पत्रकार सम्मेलन आज नहुने « Khabarhub

सरकारको साप्ताहिक पत्रकार सम्मेलन आज नहुने


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले साप्ताहिक रुपमा गर्दै आएको पत्रकार सम्मेलन आज (बिहीबार) नहुने भएको छ । मन्त्रिपरिषदको बैठकमा भएका निर्णय सार्वजनिक गर्न प्रत्येक बिहीबार अपरान्ह ४ बजे सञ्चालन गरिने पत्रकार सम्मेलन आज स्थगित भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए।

बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै अघिल्लो हप्ता मन्त्रिपरिषद बैठक नबसेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन स्थगित भएको जनाएका छन् ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनमा सरकारले हप्ताभरी गरेका निर्णय तथा सरकारका विषयमा उठेका सवालको जवाफ मन्त्री बास्कोटाले दिँदै आएका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ३८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन