सरकारको साप्ताहिक पत्रकार सम्मेलन आज नहुने | Khabarhub Khabarhub

सरकारको साप्ताहिक पत्रकार सम्मेलन आज नहुने


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले साप्ताहिक रुपमा गर्दै आएको पत्रकार सम्मेलन आज (बिहीबार) नहुने भएको छ । मन्त्रिपरिषदको बैठकमा भएका निर्णय सार्वजनिक गर्न प्रत्येक बिहीबार अपरान्ह ४ बजे सञ्चालन गरिने पत्रकार सम्मेलन आज स्थगित भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए।

बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै अघिल्लो हप्ता मन्त्रिपरिषद बैठक नबसेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन स्थगित भएको जनाएका छन् ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनमा सरकारले हप्ताभरी गरेका निर्णय तथा सरकारका विषयमा उठेका सवालको जवाफ मन्त्री बास्कोटाले दिँदै आएका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ३८ बजे

अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा सुरु गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना

रामेछाप कारागारमा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप, तीनजनाको मृत्यु

रामेछाप– जिल्ला कारागार रामेछापमा कैदीबन्दी र सुरक्षाकर्मीबीच भएको झडपमा तीनजना

अब राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधन : प्रदीप पौडेल

काठमाडौं -नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा

शान्तिपूर्ण निकासका लागि जेनजीलाई प्रचण्डको १० बुँदे अपिल

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

सेनाले उपत्यकामा थप्यो कर्फ्यू समय

काठमाडौं – सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू