तयारी नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित « Khabarhub

तयारी नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज(बिहीबार) बस्ने भनिएको नेकपा सचिवालयको बैठक स्थगित भएको छ ।

सचिवालयको बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुगेपनि तयारी नपुगेको भन्दै फर्काइएको सचिवालय सदस्य समेत रहेका बामदेब गौतमले जानकारी दिएका छन् । उनले भने,‘हामी बालुवाटार पुग्यौँ, बैठक बसेन हामी फर्कियौँ।’

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि मात्रै फेरि बैठक बस्ने जानकारी दिएर बालुवाटार पुगेका नेताहरुलाई फर्काइएको हो । प्रधानमन्त्री ओली २५ गते युरोप भ्रमणमा जान लागेका छन् ।

उनी एकसाता बढिको युरोप भ्रमणपछि नेपाल फर्कने जनाइएको छ । पोलिट व्यूरो चयनमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बिचमा सहमति हुन नसकेपछि बैठक स्थगित भएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १ : १२ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने