तयारी नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित « Khabarhub

तयारी नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज(बिहीबार) बस्ने भनिएको नेकपा सचिवालयको बैठक स्थगित भएको छ ।

सचिवालयको बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुगेपनि तयारी नपुगेको भन्दै फर्काइएको सचिवालय सदस्य समेत रहेका बामदेब गौतमले जानकारी दिएका छन् । उनले भने,‘हामी बालुवाटार पुग्यौँ, बैठक बसेन हामी फर्कियौँ।’

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि मात्रै फेरि बैठक बस्ने जानकारी दिएर बालुवाटार पुगेका नेताहरुलाई फर्काइएको हो । प्रधानमन्त्री ओली २५ गते युरोप भ्रमणमा जान लागेका छन् ।

उनी एकसाता बढिको युरोप भ्रमणपछि नेपाल फर्कने जनाइएको छ । पोलिट व्यूरो चयनमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बिचमा सहमति हुन नसकेपछि बैठक स्थगित भएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १ : १२ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको