म्यान्चेस्टरमा रहेको घर बेच्दै रोनाल्डो, ९ करोड घाटा ! « Khabarhub

म्यान्चेस्टरमा रहेको घर बेच्दै रोनाल्डो, ९ करोड घाटा !


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लव म्यान्चेस्टर युनाइटेड नजिकै रहेको घर बेच्ने तयारी गरेका छन् ।

ओल्ड ट्राफोर्डबाट १५ माइल मात्र टाढा रहेको एल्डर्लि एजमा रहेको घर रोनाल्डोले बेच्न लागेका हुन् । अहिले इटालियन क्लव युभेन्टसबाट खेलिरहेका रोनाल्डोले पाँच बेडरुम रहेको इँट्टाले बनेको तीन तले घर बेच्नका लागि सोमबार ३. २५ मिलियन पाउण्ड (करीब४५ करोड ७७ लाख नेपाली रुपैयाँ) को मूल्य तोकेका हुन् ।

३३ वर्षिय रोनाल्डोले उक्त घर ११ वर्षअघि ३. ८९५ मिलियन पाउण्डमा (५४ करोड ८५ लाख नेपाली रुपैयाँ) किनेका थिए भने अहिले ३. २५(करीब४५ करोड ७७ लाख नेपाली रुपैयाँ) मा बेच्ने तयारी गरेका छन् । यो मूल्यमा घर बिक्री हुँदा ८ करोड ४५ लाख नेपाली रुपैयाँ रोनाल्डोलाई घाटा लाग्ने छ ।

कालो रंग लगाइएको उक्त घर पुरानो शैलीमा बनेको बीबीसीले जनाएको छ । उक्त घरमा सुविधासम्पन्न कोठा, स्वीमङपुल, खरानी रंगको किचेन, स्टीम रुम, सिनेमा रुम, जिम रुप लगात रहेको जनाइएको छ ।

रोनाल्डोले उक्त घर विक्रीका लागि खुल्ला गरेको यो दोस्रो पटक हो । उनले सन् २०१३ मा पनि यो घर बेच्न खोजेका थिए । त्यसबेला उनले ३.७५ मिलियन पाउण्ड मूल्य राखेका थिए । तर त्यससमय घर विक्री भएन ।

रोनाल्डोले सन् २००९ मा म्यान्चेस्टर युनाइटेड छोडेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन