उद्यम विकासका लागि प्रविधिको व्यवस्था गर्न सरकारसँग माग « Khabarhub

उद्यम विकासका लागि प्रविधिको व्यवस्था गर्न सरकारसँग माग


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु तथा साना उद्योगीहरुले उद्यम विकासका लागि आवश्यक प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ मा सहभागी भएका घरेलु तथा साना उद्यमीहरुले नेपालको कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि आवश्यक नयाँ प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन ।

मुलुकको कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि आवश्यक प्रविधिको विकासमा जोड दिन सरकारसँग माग गर्नु परेको नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सूर्यबहादुर कँडेलले जानकारी दिनु भयो । महासंघले मुलुकलाई समृद्ध बनाउन, रोजगारीको अवसर सृजना गर्न नेपाली उद्यमको प्रवद्र्धनमा लाग्न पनि सरकारलाई सचेत गराउँदै आएको छ ।

नेपाल सरकारको उद्योग विभाग तथा महासंघको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको प्रर्दशनी पनि स्वदेशी बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका आयोजना गरिएको हो ।

५ दिनसम्म चल्ने प्रर्दशनीमा ७७ वटै जिल्लाका घरेलु उत्पादनहरुको करिव २ सय वटा स्टलहरु राखिएका छन । प्रर्दशनीको १ लाख ५० हजारभन्दा बढिले अवलोकन गर्ने तथा ५ करोड बढि आर्थिक कारोबार हुने अपेक्षा गरिएको पनि महासंघका उपाध्यक्ष एवम् प्रर्दशनी आयोजक समितिका संयोजक कँडेलले बताए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  २ : ०८ बजे

कांग्रेसले भन्यो : कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की

बालबालिकाको पहिचान सार्वजनिक नगर्न अदालतको अन्तरिम आदेश

नेपालगन्ज – उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा

जात्रामय बन्यो टोखा

काठमाडौं – धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको टोखा जात्रामय

आईपीएल : पञ्जाबविरुद्ध डी ककको अर्धशतक, ह्याट्रिकबाट चुके अर्शदीप

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत २४ औँ

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

काठमाडौं – सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले