बलियो सरकारको कमजोर बजेट– प्रकाशमान « Khabarhub

बलियो सरकारको कमजोर बजेट– प्रकाशमान


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आर्थिक बर्ष २०७६÷७७ को बजेटलालई बलियो सरकारको कमजोर मनस्थितिको भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागि हुँदै उनले बलियो सरकारले कमजोर मनस्थितिको बजेट ल्याएको धारणा राखे ।

उनले संघीयता कार्यान्वयनको प्रतिवद्धता देखाउन पर्नेमा सरकार त्यसभन्दा पछि हट्दै गएको दाबी गरे । प्रदेश र स्थानीय सरकारलाई छुट्याएको बजेट न्यून राखिएबाट नै सरकारको संघीयताप्रतिको प्रतिवद्धता स्पष्ट देखिएको उनको तर्क थियो ।

नेता सिंहले राजधानीमा अझै पनि रानीपोखरी र धरहरा बनाउन नसक्ने सरकारले प्रत्येक प्रदेशका लागि विशिष्टिकृत आयोजना भन्दै बजेटमा ठुला ठुला योजना र लक्ष्य राखेको बताए ।

सुरक्षित बसोबासको व्यवस्था गर्नका लागि पनि बजेटले ठोस योजना ल्याउन नसकेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  २ : १६ बजे

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र