‘मिसेस मंगोल नेपाल २०१९’ बनिन् विमला पाइजा « Khabarhub

‘मिसेस मंगोल नेपाल २०१९’ बनिन् विमला पाइजा


२३ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिसेस मंगोल नेपाल २०१९’ उपाधि विमला पाइजाले जितेकी छिन् । १३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले ‘मिसेस मंगोल नेपाल २०१९’ को ताज हात पारेकी हुन् ।

मंगलवार राजधानीको राष्ट्रिय नाचघरमा भएको फाइनलमा ‘मिसेस मंगोल नेपाल २०१९’ को उपाधि बिमला पाइजाले चुम्दा फस्ट रनरअपको उपाधि शान्ति तामाङले आफ्नो पोल्टामा पारिन् । यस्तै ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कविता ढकालले जितिन् ।

‘मिसेस मंगोल नेपाल २०१९’ को निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै विमलाले उपाधि जितिन् । यस्तै बेस्ट ट्यालेन्टको उपाधि पनि विमलाकै पोल्टामा पर्‍यो । विजेताले ताज, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

मंगोलियन समुदायका विवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस मंगोल नेपाल २०१९’ लाई एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको थियो ।

विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, अफिसिय कोरियोग्राफर हिमानी सुब्बा, जजहरुले प्रदान गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ३ : ४६ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता