कार्यकर्तालाई कोइरालाको आग्रह– नेताहरुका नाममा जिल्ला गुट नचलाउनुस् « Khabarhub

कार्यकर्तालाई कोइरालाको आग्रह– नेताहरुका नाममा जिल्ला गुट नचलाउनुस्


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिभिन्न समयमा कांग्रेस छाडेर अन्य पार्टीमा गएकाहरूलाई पुन कांग्रेसमै फर्कन आग्रह गरेका छन् ।

कम्युनिष्टहरुले देश कब्जा गर्न लागिसकेको बताउँदै डा कोइरालाले प्रजातन्त्रका लागि लडेकाहरुलाई पार्टीमा फर्कन आग्रह गरेका हुन् । ‘बिगतमा हामीबाट गल्ती र कमजोरी भयो। तपाइहरुकोे सही मुल्यांकन हुन सकेन ।

अहिले पार्टी र लोकतन्त्रमाथी चारै तर्फबाट प्रहार भैरहेको छ । प्रजातन्त्रका लागी लड्नुभएका साथीहरु सबै कुरा बिर्सेर कांग्रेसमा फर्कनोस्’ डा कोइरालाले भने ।

पार्टी भित्र अब मुल्यांकनको परिपाटी बस्ने बताउँदै उनले आगामी निर्बाचनदेखि पार्टीभित्र कसैलाई अन्याय हुन नदिने प्रतिबद्धता जनाए ।

काभ्रेको धुलिखेलमा पार्टीको जागरण कार्यक्रम अन्तर्गतको “प्रशिक्षण कार्यक्रम“ लाई संबोधन गर्दै डा कोइरालाले नेताहरुका नाममा जिल्ला–जिल्लामा गुट नचलाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा काभ्रे कांग्रेसका सभापति मधु आचार्य, क्षेत्रिय सभापतीहरु– कंचनचन्द्र बादे,तिर्थ लामा,महेश खरेल र रमेश हुमागाई, पुर्वसांसद कमला थापा,प्रदेश सभा उमेदवार गणेश लामा र सुन्दरमणी आचार्यले सरकारको रबैया बिरुद्ध एकजुट हुन आग्रह कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ३ : ५० बजे

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’