कार्यकर्तालाई कोइरालाको आग्रह– नेताहरुका नाममा जिल्ला गुट नचलाउनुस् « Khabarhub

कार्यकर्तालाई कोइरालाको आग्रह– नेताहरुका नाममा जिल्ला गुट नचलाउनुस्


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिभिन्न समयमा कांग्रेस छाडेर अन्य पार्टीमा गएकाहरूलाई पुन कांग्रेसमै फर्कन आग्रह गरेका छन् ।

कम्युनिष्टहरुले देश कब्जा गर्न लागिसकेको बताउँदै डा कोइरालाले प्रजातन्त्रका लागि लडेकाहरुलाई पार्टीमा फर्कन आग्रह गरेका हुन् । ‘बिगतमा हामीबाट गल्ती र कमजोरी भयो। तपाइहरुकोे सही मुल्यांकन हुन सकेन ।

अहिले पार्टी र लोकतन्त्रमाथी चारै तर्फबाट प्रहार भैरहेको छ । प्रजातन्त्रका लागी लड्नुभएका साथीहरु सबै कुरा बिर्सेर कांग्रेसमा फर्कनोस्’ डा कोइरालाले भने ।

पार्टी भित्र अब मुल्यांकनको परिपाटी बस्ने बताउँदै उनले आगामी निर्बाचनदेखि पार्टीभित्र कसैलाई अन्याय हुन नदिने प्रतिबद्धता जनाए ।

काभ्रेको धुलिखेलमा पार्टीको जागरण कार्यक्रम अन्तर्गतको “प्रशिक्षण कार्यक्रम“ लाई संबोधन गर्दै डा कोइरालाले नेताहरुका नाममा जिल्ला–जिल्लामा गुट नचलाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा काभ्रे कांग्रेसका सभापति मधु आचार्य, क्षेत्रिय सभापतीहरु– कंचनचन्द्र बादे,तिर्थ लामा,महेश खरेल र रमेश हुमागाई, पुर्वसांसद कमला थापा,प्रदेश सभा उमेदवार गणेश लामा र सुन्दरमणी आचार्यले सरकारको रबैया बिरुद्ध एकजुट हुन आग्रह कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ३ : ५० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल