सलमानको फिल्मले तोड्यो रेकर्ड, कति कमायो ? | Khabarhub Khabarhub

सलमानको फिल्मले तोड्यो रेकर्ड, कति कमायो ?


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बुधवारबाट रिलिज भएको सलमान खानको फिल्म ‘भारत’ चोरीको शिकार भएको छ । बक्स अफिसमा धमाकेदार इन्ट्री गरेको यो फिल्म रिलिजकै दिन अनलाइन लीक भएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

सलमानको भारत फिल्मले पहिलो दिन ४२ करोड ३० लाखको व्यापार गरेको छ । अनलाइनमा लिक भएपछि यो फिल्मको व्यापारमा घाटा पर्ने अनुमान गरिएको छ ।

सलमान खानको फिल्मले करियरको सबैभन्दा ठूलो अपनिङ हो । यो फिल्मले इदको अवसर पारेर रिलिज भएका अन्य फिल्महरुको रेकर्ड पनि तोडेको छ ।

सलमान खानका फिल्म यसअघि पनि पाइरेसीको मारमा परेका थिए । यसअघि सलमान खानले फिल्म पाइरेसी हुँदा दुःख व्यक्त गर्दै आएका थिए । एक अन्तर्वार्तामा सलमानले फिल्मले ३ सय करोडभन्दा पनि बढी कमाउने बताएका थिए ।

सलमान खानले हरेक वर्ष ईदको मौका पारेर आफ्ना फिल्म रिलिज गर्ने गर्छन् । सलमानले ईदको फाइदा उठाउने गरेको बताइन्छ । उनका फिल्मले पहिलो दिन नै आक्रामक व्यापार गरेर बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ ।

यो फिल्ममा सलमान खान क्याटरीना कैफ, सुनील ग्रोबर, ज्याकी श्राफ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । नेपालमा पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ५ : ४५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर