‘चालु खर्च’ नै ‘पूँजी खर्च’ हो : अर्थमन्त्री « Khabarhub

‘चालु खर्च’ नै ‘पूँजी खर्च’ हो : अर्थमन्त्री


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेटले विकासका प्रसश्तै ढोकाहरु खोलेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै समग्र बजेटले विकासको अधारहरुलाई ध्यान दिएकाले बजेटले विकासका ढोकाहरु खोलेको उनको भनाई थियो ।

संसदमा प्रतिपक्षीले चालु खर्च बढी भएकाले बजेट विकासमुखी हुन नसकेको भन्दै बजेटको उद्देश्यप्रति बारम्बार प्रश्न उठाएका थिए । सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले चालु खर्चले समेत पुँजीखर्चको भूमिका खेल्नेगरी बजेट निर्माण भएकाले बजेट विकासमुखी नै रहेको दावी गरे । उनले भने ‘कृषि विकासका लागि दिइने अनुदान, रासायनिक मल खरिदका लागि दिइने अनुदान, प्राविधिक अनुदानजस्ता विषय पनि ‘चालु खर्च’ होे तर यसले अन्ततगत्व विकासलाई नै टेवा पुर्‍याउँछ । तपार्इंहरु यसलाई कसरी बुझ्नु हुन्छ ?’

मन्त्री खतिवाडले सरकारले समाजिक दायित्व पूरा गरेको भन्दै बृद्धभत्ता वृद्धिको विषयमा नकारात्मक टिप्पणी गर्नु उचित नभएको तर्क गरे । उनले भने ‘हजुर–आमाबुबाले पाएको भत्ताले उनकै नातिनातिनालाई कपि, किताब र पेन्सिल किनी दिनुहुन्छ, यो खर्चलाई के भन्नु हुन्छ ? चालु खर्च वा विकास खर्च ?’

मन्त्री खतिवडाले चालु खर्च वा पूँजी खर्च कति छुट्याईयो भन्ने सवाल ठूलो नभएको भन्दै बजेटको सार्थकता र लक्ष्य के हो भन्ने विषयमा सबैले ध्यान दिनुपर्ने सुझाए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरेको समेत उनले जिकिर गरे । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारको उदाहरण दिँदै सरकार सधैँभरी जनकल्याणको कार्यमा जुटिरहेको र बजेट पनि त्यतैतिर अग्रसर भएको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ६ : २४ बजे

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको