चितुवाको आक्रमणबाट घाइते भएकालाई दुई लाख राहत | Khabarhub Khabarhub

चितुवाको आक्रमणबाट घाइते भएकालाई दुई लाख राहत


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत मोहन श्रेष्ठले बताए।

गाउँ बस्तीमा पसेर वन्यजन्तुले मानवलाई क्षति गरेमा यस्तो खालको राहत प्रदान गरिने सरकारको नियम कानूनअनुसार उनलाई सहयोग प्रदान गरिएको वन अधिकृत श्रेष्ठले जानकारी दिए ।

वन्यजन्तु गाउँ बस्तीमा पसेर कुनै पनि मानवलाई आक्रमण गरी सामान्य घाइते बनाए ५० हजार, गम्भीर घाइते बनाए दुई लाख र मृत्यु नै भए १० लाख रुपैयाँसम्मको राहतबापत आर्थिक सहयोग हुने व्यवस्था छ।

श्रीसलाई गाउँमै चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । नेपालगञ्जस्थित अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ८ : ०८ बजे

लखनउमाथि दिल्लीको जित : कस्तो छ प्लेअफको गणितीय सम्भावना ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ २ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार