शिक्षामा राजनीति भएका कारण सामुदायिक विद्यालयको अवस्था खस्कियो– शिक्षामन्त्री « Khabarhub

शिक्षामा राजनीति भएका कारण सामुदायिक विद्यालयको अवस्था खस्कियो– शिक्षामन्त्री


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाललाई यही वर्ष साक्षर मुलुकका रुपमा घोषणा गर्ने अभियान सञ्चालन गरिएको बताएका छन् ।

साक्षर मोरङ घोषणा समारोह तथा मोरङ जिल्ला खुला दिशामुक्त घोषणा समारोहमा उनले गरीबी घटाउन उत्पादन र सीपसँग जोड्नुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले विगतमा शिक्षामा राजनीति भएको हुनाले अहिले सामुदायिक विद्यालयको अवस्था खस्केको बताए । उनले सङ्घीय सरकारले यस वर्ष २१२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तारका लागि प्रयोगशाला र प्राविधिक शिक्षकको व्यवस्था गर्न बजेट छुट्टयाएको बताए ।

स्थानीय सरकारले शिक्षा सेवा आयोग उत्तीर्णलाई शिक्षकमा नियुक्त गर्न आग्रह गर्दै उनले सङ्घीय सरकारले यस वर्ष एक हजार नमूना विद्यालय बनाई स्थानीय सरकारलाई सञ्चालनको जिम्मा दिने बताए ।

वर्तमान सरकार सामुदायिक विद्यालय सुधारका लागि १० वर्षे अभियानअन्तर्गत आगामी आव २०८५/८६ भित्र अभिभावक र विद्यार्थीको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउने उद्देश्यले काम गरिरहेको मन्त्री पोखरेलको भनाइ थियो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विद्यालयले प्राविधिक शिक्षा र अङ्ग्रेजीमा पठनपाठन सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ६ : ३१ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ